बैंकहरुले सार्वजनिक गरे भदौका लागि नयाँ ब्याजदर



काठमाडौं । बैंकहरुले भदौका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

अधिकांश बैंकको ब्याजदर साउनको तुलनामा बढेको छ भने केहीको मात्र घटेको छ । केही बैंकले मात्र साउनको ब्याजदरलाई निरन्तरता दिएका छन् ।

केही बैंकले मुद्दति निक्षेपको ब्याजदर अघिल्लो महिनाको तुलनामा बढाएका छन् भने केही बैंकले घटाएका छन् ।

वाणिज्य बैंकहरुले लामो समयदेखिको भद्र सहमति अन्त्य गरेपछि साउनदेखि आफूखुसी ब्याजदर निर्धारण गर्दै आएका छन् ।

बैंकहरुले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसत १० प्रतिशत विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था रहेको छ ।


रवि धिताल