साउन लागेपछि दैनिक अर्ब रुपैयाँ लगानीको प्रतिवद्धता, साढे २० अर्बका २० उद्योग दर्ता



काठमाडौं । साउन लागेपछि दैनिक अर्ब रुपैयाँको हाराहारीमा लगानीको प्रतिवद्धता आएको छ । साउनका २२ दिनमा साढे २० अर्ब रुपैयाँ बराबरका विभिन्न २० उद्योग दर्ता भएका छन् ।

यो अवधिमा एउटा ठूलो उद्योग दर्ता भएको छ भने दुई वटा मझौला र बाँकी १७ वटा साना उद्योग दर्ता भएका छन् । १७ वटामध्ये पनि सानो लगानीका चाइनिज रेस्टुरेन्ट धेरै छन् ।

उद्योग विभागका अनुसार ताप्लेजुंगको फुङ्लिनमा १३ अर्ब २० करोड रुपैयाँ बराबरको लगातमा ७०.३ मेगावाट विद्युत उत्पान गर्न सिम्बुवा रेमिट हाइड्रोपावर दर्ता भएको छ । स्थानीयको शतप्रतिशत लगानी रहेको उक्त हाइड्रोपावरमा ५२ जनाले रोजगारी पाउने छन् ।

त्यसैगरी, साउन १५ गते पर्साको बीरगञ्ज महानगरपालिका वडा नं. १८ मा रोलेक्स सेनिटरी वेर्स प्रालि दर्ता भएको छ । स्थानीय लगानीकर्ताले २८ करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव गरिएको उक्त उद्योगमा ३७ जनाले रोजगारी पाउने छन् ।

त्यस्तै, उासन १६ गते काठमाडौं महानगरपालिका वडा नं. ३२ मा ५ अर्ब ९५ करोड रुपैयाँ लगानी प्रस्तावमा मेडिशा इन्भेष्टमेन्ट कम्पनी प्रालि दर्ता भएको छ । स्थानीयको शतप्रतिशत लगानी रहेको उक्त कम्पनीमा २७ जनाले रोजगारी पाउने छन्।

त्यस्तै, मकवानपुरको हेटौंडा नगरपालिका वडा नं. १२ मा शतप्रतिशत विदेशी लगानीमा झोङघा इविइ नितियिन कन्स्ट्रक्सन एण्ड इन्जिजियरिङ प्रालि दर्ता भएको छ। २ करोड लगानी प्रस्ताव गरिएको उक्त पूर्वाधार कम्पनीमा ३४ जनाले रोजगारी पाउने छन् ।

त्यसैगरी झापाको मेचिनगर नगरपालिकामा १५ करोड ७० लाख रुपैयाँको लगानीमा माइ भ्याली एग्रो प्रालि दर्ता भएको छ । स्थानीयको शतप्रतिशत लगानी रहेको उक्त कृषि उद्योगमा ४३ जनाले रोजगारी पाउने छन् ।

त्यस्तै, काठमाडौं महानगरपालिका वडा नं. ३२ मा ५ करोड लगानी प्रस्तावमा एस वाई बजार प्रालि दर्ता भएको छ । सूचना प्रविधिमा आधारित उक्त कम्पनीमा ८ जनाले रोजगारी पाउने छन् । कम्पनीमा ३० प्रतिशत स्थानीय र ७० प्रतिशत विदेशी लगानी छ ।

त्यसैगरी, सूचना प्रविधिमै आधारित दाजुन सफ्टवेर प्रालि नामक कम्पनी काठमाडौं महानगरपालिका वडा नं. २६ मा दर्ता भएको छ । शतप्रतिशत विदेशी लगानी रहेको उक्त कम्पनीमा २ करोड रुपैयाँ पुँजी रहेको कम्पनीले ६४ जनालाई रोजगारी दिनेछ।

त्यस्तै, काठमाडौं महानगरको वडा नं. १६ मा १० करोड रुपैयाँ लगानी प्रस्ताव गर्दै मा छुन इन्टरनेशनल कार्गो प्रालि दर्ता भएको छ । शतप्रतिशत विदेशी लगानी रहेको उक्त कम्पनीमा ३६ जनाले रोजगारी पाउने छन् ।

त्यसैगरी, काठमाडौं महानगरको वडा नं. २६ मा ८ करोड लगानी प्रस्तावमा सुलियन होटेल खोल्ने प्रस्तावसहित शतप्रतिशत विदेशी लगानीको कम्पनी दर्ता भएको छ । उक्त होटेलमा ३० जनाले रोजगारी पाउने छन् ।

त्यस्तै, कास्कीको पोखरा महानगरपालिका वडा नं. २५ मा २ करोड रुपौयाँ लगानी गर्ने प्रस्ताव गर्दै शतप्रतिशत विदेशी लगानीको आर्क वे सफ्टवेयर प्रालि दर्ता भएको छ । कम्पनीले १७ जनालाई रोजगारी दिनेछ ।

त्यस्तै, पोखरा महानगरको वडा नं. ६ मा २ करोड रुपैयाँ बराबरको विदेशी लगानीमा होटल बोधी भिलेज खोल्न प्रस्ताव गरिएको छ । होटलमा १७ जनाले रोजगारी पाउने छन् ।

त्यस्तै, पोखराका महानगरको वडा नं. ६ मा २ करोड रुपैयाँ बराबरको विदेशी लगानीमा वाङ्गफु हटपट चाइनिज रेस्टुरेन्ट प्रालि दर्ता भएको छ । ५५ सिट क्षमताको उक्त रेस्टुरेन्टमा ३३ जनाले रोजगारी पाउने छन्।

त्यसैगरी, काठमाडौं महानगरको वडा नं. २७ मा शतप्रतिशत विदेशी लगानीको डोंङ्गफाङ्ग प्यालेस चाइना लान्झाव लामियन नुडल्स हेझाउ फ्लेवर लिनछिया क्‍विसाइन प्रालि दर्ता भएको छ । ४ करोड रुपैयाँ लगानी प्रस्ताव गरेको उक्त रेस्टुरेन्टले ३३ जनालाई रोजगारी दिनेछ । त्यस्तै, काठमाडौं महानगरको वडा नं. १६ मा शतप्रतिशत विदेशी लगानीमा १० करोड रुपैयाँ बराबरको लगानीमा होङ्ग डोङ्ग होटल एण्ड रेष्टुरेण्ट प्रालि दर्ता भएको छ । उक्त रेस्टुरेन्टले ६० जनालाई रोजगारी दिनेछ ।

मकवानपुरको हेटौंडा नगरपालिका वडा नंं १२ मा २ करोड रुपैयाँ बराबरको विदेशी लगानीमा झोङघाइविइ नितियन कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ्ग कम्पनी प्रालि दर्ता भएको छ । उक्त रेस्टुरेन्टले ३४ जनालाई रोजगारी दिनेछ ।

त्यसैगरी, काठमाडौं नगरपालिका वडा नंं. १६ मा १० करोड रुपैयाँ बराबरको विदेशी लगानीमा वाइलि होटल एण्ड रेस्टुरेन्ट दर्ता भएको छ । उक्त कम्पनीले ५४ जनालाई रोजगारी दिनेछ ।

त्यस्तै, भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नं. ९ मा २ करोड रुपैयाँ बराबरको विदेशी लगानीमा ३४ जनालाई रोजगारी दिनेगरी झोङहेङग हाउली कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ्ग कम्पनी प्रालि दर्ता भएको छ । भक्तपुर नगरपालिका वडा नंं ८ मा २ करोड रुपैयाँ बराबरको विदेशी लगानीमा २८ जनालाई रोजगारी दिनेगरी नेपाल स्‍नोउ माउन्टेन कन्स्ट्रक्सन प्रालि दर्ता भएको छ।

त्यसैगरी, काठमाडौं महानगरको वडा नं. ३२ मा ३३ जनालाई रोजगारी दिनेगरी ४ करोड रुपैयाँ बराबरको विदेशी लगानीमा गुड टेष्ट क्याफे प्रालि दर्ता भएको छ ।

त्यस्तै, काठमाडौं महानगरको वडा नं. ६ मा २ करोड रुपैयाँ बराबरको विदेशी लगानीमा २०० सिट क्षमताको इयुट्टेम कोरियन रेष्टुरेण्ट प्रालि दर्ता भएको छ । उक्त रेस्टुरेन्टले २१ जनालाई रोजगारी दिने जनाएको छ ।

त्यस्तै, कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ मा २ करोड रुपैयाँ बराबरको विदेशी लगानीमा स्टार इन्टेरियर नेपाल प्रालि दर्ता भएको छ । कम्पनीले ३१ जनालाई रोजगारी दिने जनाएको छ ।


क्लिकमान्डु