एक वर्षमा ४४ करोडको यार्सागुम्बा निर्यात



काठमाडौं । नेपालले गत आर्थिक वर्षमा करिब साढे ४४ करोडको यार्सागुम्बा निर्यात गरेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ४४ करोड ३१ लाख रुपैयाँको यार्सागुम्बा निर्यात भएको छ । नेपालको उच्च हिमाली क्षेत्रमा पाइने जडीबुटी यार्चागुम्बाको निर्यात पछिल्ला पाँच वर्ष यताकै उच्च हो ।

अघिल्लो आवमा ३० करोड ९२ लाख ३३ हजार रुपैयाँको यार्चागुम्बा निर्यात भएको थियो । त्यस्तै आव २०७७/७८ मा १५ करोड ७६ लाख २५ हजार रुपैयाँको, आव २०७६/७७ मा २० करोड २२ लाख ३५ हजार रुपैयाँको यार्चागुम्बा निर्यात भएको थियो । त्यस्तै आव २०७५/७६मा १७ करोड ९४ लाख आठ हजार रुपैयाँको यार्चागुम्बा निर्यात भएको छ ।

विभागका अनुसार नेपालबाट यार्चागुम्बा मुख्य निर्यात हुने मुलुकमा हङकङ, कम्बोडिया, मलेसिया, सिङ्गापुर, भियतनाम, अमेरिकालगायतका राष्ट्र पर्छन् ।


क्लिकमान्डु