डेढ अर्ब लगानीमा नेशनल हेल्थकेयरले नयाँ औषधी उद्योग निर्माण गर्ने



काठमाडौं । नेशनल हेल्थकेयर प्रालिले नयाँ औषधी उद्योग निर्माण गर्ने भएको छ । कम्पनीले १ अर्ब ४० करोड लगानीमा नयाँ औषधी उद्योग निर्माण गर्ने भएको हो ।

कम्पनीले ५० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋण लिई लगानी गर्ने भएको छ भने बाँकी रकम आफैंले लगानी गर्ने भएको छ । कम्पनीले आगामी सन् २०२४ को मध्यबाट व्यवसायिक व्यापार गर्ने छ ।

कम्पनीले नयाँ उद्योग सञ्चालन ल्याएसँगै निर्यात तयारी गरेको छ । कम्पनीले नयाँ उद्योग विस्तार गरेको उत्पादन क्षमता बढाउने भएको छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ५० करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५० करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले सन् १९९६ मा नेशनल हेल्थकेयर औषधी उद्योग स्थापना गरेको थियो । उक्त उद्योग बाराको छातापिप्रामा छ । कम्पनीले सन् २०२३ मा ३ अर्ब १९ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२१ मा २ अर्ब ६२ करोड २० लाख रुपैयाँ र सन् २०२० मा २ अर्ब २२ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीले सन् २०२२ मा २२ प्रतिशतले बढेको छ । कम्पनीले एन्टीमाइक्रोबायल, रेस्पिरेटरी, अन्टी–डाइबेटिक र अन्य औषधीको कारोबार बढ्दा व्यापार बढेको छ । सन् २०२२ मा ७० प्रतिशत क्षमतामा उद्योग सञ्चालन भएको थियो ।

नेपालमा औषधीजन्य वस्तुको माग बढ्दै गएको छ । नेपालले ५४ प्रतिशत औषधी आयात गरी बजारको माग आपूर्ति गर्दै आएको छ ।

विगत दुई दशकदेखि औषधी उत्पादन तथा बिक्री वितरणमा संलग्न रहेको कम्पनीको देशभर ५ सयभन्दा बढी स्टिककिस्ट छन् । कम्पनीले ३६५ भन्दा बढी प्रकारका औषधी १५ वटा क्याटागोरीमा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले एन्टीमाइक्रोबिया र एन्टीब्याक्टेरियल औषधी बिक्री वितरण गर्दै आएको छ ।


क्लिकमान्डु