‘इन्ड्राइभर’का संस्थापक आर्सेनको पुस्तक अब नेपालीमा



काठमाडौं । नेपालमा निकै लोकप्रिय रहेको राइड सेयरिङ एप इन्ड्राइभरका संस्थापक तथा सीईओ आर्सेन टम्स्कीको जीवनमा आधारित पुस्तक नेपालीमा सार्वजनिक भएको छ । ‘इन्ड्राइभरः साइबेरियाबाट सिलिकन भ्यालीसम्म’ नामको उक्त पुस्तक काठमाडौंमा एक कार्यक्रमबीच स्वयं आर्सेनले नै सार्वजनिक गरेका हुन् ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको पुस्तक यसअघि अंग्रेजी, स्पेनिस र पोर्चुगिज भाषामा सार्वजनिक भएको छ । पुस्तकमा आर्सेनले कसरी साइबेरियाको याकुत्स्क क्षेत्रबाट सिलिकन भ्यालीसम्मको यात्रा तय गरे भन्ने कुरालाई समेटिएको छ ।

‘पाठकहरुसँग मेरो यात्रा अनुभव साझा गर्न पाउँदा म धेरै नै खुसी छु,’ आर्सेनले पुस्तकबारे भने, ‘इड्राइभको जग र विकास मेरो लागि व्यवसायिक प्रयासमात्र होइन, एउटा गहिरो व्यक्तित र भावनात्मक यात्रा पनि हो जसले मेरो जीवनलाई आकार दिएको छ। र, यसको विकासको बारेमा लेख्नु परवर्तनकारी भएको छ ।’

इन्ड्राभइर सन् २०१२ बाट सुरु भएको आर्सेनले बताए । उनको गृहक्षेत्र याकुत्स्कमा स्थानीय ट्याक्सी चालकहरुले भाडा बढाउँदा त्यसको बदलामा इन्ड्राभर सुरु भएको स्मरण गर्दै उनले भने, ‘२० वर्षका विद्यार्थीहरुले लड्न सुरु गरेपछि यसको सुरुवात भयो ।

सामाजिक सञ्जालमा प्रोफाइल बनाएर सुरु भएपछि छोटो समयमा नै ५० हजार मानिसहरु जोडिए । त्यसपछि मैले यसलाई विस्तार गर्ने सोचे । १० वर्षपछि अहिले इन्ड्राइभइर ४५ देशहरुमा पुगेको छ ।’

पुस्तकलाई नेपालमा ब्रदर्श बुक्स प्रकाशन प्रा.लिले भाषा अनुवाद गरेको छ ।


क्लिकमान्डु