एनआइसी एशियाले सबै शाखाबाट अनलाइन आस्वा सेवा दिने



काठमाडौं । एनआइसी एशिया बैंकले आफ्ना सम्पूर्ण शाखाहरु बाट अनलाइन प्रणालीबाट आस्वा सेवा दिने भएको छ । बैंकले साउन २२ गतेदेखि अनलाइन आस्वा सेवा दिन थालेको हो ।

मोबाइल बैंकिङ्ग वा इन्टरनेट बैंकिङ्ग सेवा प्रयोग गरि बिना कुनै शुल्क सहजरुपमा बैंकमा नै उपस्थित नभईकन अनलाइन आस्वा सेवामार्फत् आइपिओ, एफपिओ तथा म्युचुअल फण्डमा आवेदन दिन सक्नेछन् ।

बैंकले संचालन माल्याएको आर्कषक व्याजदर भएको कुनै पनि बचत खाता खोली शुरुमा निःशुल्करुपमा मोबाइल बैंकिङ्ग वा इन्टरनेट बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नुहुनेछ ।


पुष्प दुलाल