बिँडी पोको पार्ने पातसमेत भारतबाटै ल्याउनुपर्ने ? त्यो पनि डेढ करोडको ?



काठमाडौं । नेपालको वनमा जति पनि सालको पात पाइन्छ । वनमा सालका पात झर्छन्, सुक्छन्, कुहिन्छन् । तिनै सालका पात भेला गरेर बेच्ने हो भने पनि धेरैको गुजारा चल्नसक्छ ।

तर, ती पात बजारसम्म पुर्‍याउने र किन्ने निकायबीच कुनै तालमेल छैन । या त दुवै पक्षलाई यसबारे कुनै मतलव छैन र भारतबाट मगाइन्छन् लाखौं मूल्यका सालका पात ।

सालको पातबाट दुनाटपरी पनि बनाइन्छन् तर यहाँ बिँडी पोके पार्ने पातसमेत भारतबाट लाखौं रुपैयाँको आयात गरिएको पाइएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार भारतबाट गत आर्थिक वर्षमा १ करोड ५५ लाख ३९ हजार रुपैयाँबराबरको २ लाख ३६ हजार २८३ किलो बिँडी पोको पार्ने (बिँडी र्‍यापर लिभ्स) पात आयात भएको छ ।

अढाई करोडको पानको पात, साढे ५ करोडको कत्था

त्यस्तै गत आर्थिक वर्षमा पानको पात नै अढाई करोडको आयात भएको छ । वर्षभरमा २ करोड ५३ लाख ४० हजार रुपैयाँबराबरको १ लाख १५ हजार ६०१ किलो पानको पात आयात भएको हो ।

शिरीष, लज्जावती झारबाट बनाइने कत्था पनि ५ करोडभन्दा बढीको आयात भएको छ । विभागका अनुसार १ करोड ४३ लाख ६१ हजार मूल्यको १० हजार २३० किलो ठोस र ४ करोड २ लाख ५ हजार रुपैयाँबराबरको ३ लाख ३२ हजार ४५० किलो झोल कत्था आयात भएको छ । कत्था पानमा राखेर खाइन्छ ।


क्लिकमान्डु