ओटीसी मार्केटमा २८५ करोडको सेयर किनबेच, प्रतिकित्ता ८६ देखि ११२५ रुपैयाँसम्म
काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा ओटीसी मार्केटमा २ अर्ब ८५ करोड ८४ लाख १९ हजार ७८६ रुपैयाँको सेयर कारोबार भएको छ ।
यो अवधिमा ८४ कम्पनीको ओटीसी मार्केटमा २ करोड १२ लाख ६४ हजार ९५ कित्ता सेयरको कारोबार भएको छ । नेप्सेका अनुसार उक्त सेयर कारोबार हुँदा राज्यले ५ करोड २९ लाख ५५ हजार ९८० रुपैयाँ पुँजीगत लाभकर पाएको छ ।
न्यूनतम ८६ रुपैयाँदेखि अधिकतम ११२५ रुपैयाँको समेत कारोबार भएको छ । काठमाडौं फरेस्ट्री कलेजले २८० कित्ता सेयर प्रतिकित्ता ११२५ रुपैयाँका दरले कारोबार भएको छ । ओटिसीमार्फत नै नेप्सेको पनि प्रतिकित्ता ६६७.५२ रुपैयाँका दरले ५ लाख ९ हजार ३४२ कित्ता सेयर किनबेच भएको छ । उक्त सेयर असार २७ गते कारोबार भएको हो ।
यस्तै २०७९ साउन ११ गते प्रतिकित्ता ११२५ रुपैयाँका दरले १९४२ कित्ता सेयर कारोबार भएको छ ।
यस्तै सुन्धारा सेक्युरिटिजको १ लाख १४ हजार २०० कित्ता सेयर २७० रुपैयाँका दरले किनबेच भएको छ ।
प्रभु क्यापिटलको ११४ रुपैयाँका दरले २ लाख ६ हजार १६५ कित्ता र ११२ रुपैयाँका दरले १ लाख ४३ हजार १७५ कित्ता सेयर किनबेच भएको छ । हालसम्म ओटीसी मार्केटमा २०६ वटा कम्पनी दर्ता भएका छन् ।