गोयन्का स्टिलको व्यापारमा सुधार, साढे ३ अर्बको व्यापार



काठमाडौं । कोभिडपछि गोयन्का स्टिलको व्यापारमा सुधार हुँदै गएको छ । कोभिडले गर्दा ह्वात्तै घटेको व्यापार काभिडपछि बढ्दै गएको छ ।

गोयन्का ग्रुपद्वारा सञ्चालित कम्पनीले सन् २०१९ मा ३ अर्ब ९४ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । तर, सन् २०२० मा कोभिडले गर्दा २ अर्ब १४ करोड ३६ लाख रुपैयाँ र सन् २०२१ म २ अर्ब ६६ करोड १६ लाख रुपैयाँको व्यापार गरेको थियो । कोभिडपछि सन् २०२२ मा व्यापारमा सुधार हुँदा कम्पनीले ३ अर्ब ४३ करोड ३७ लाख रुपैयाँको व्यापार गरेको छ ।

सन् २००८ मा स्थापना भएको कम्पनीमा रामगोपाल गोयन्का र उनका छोरा अमितकुमार गोयन्का र अजय गोयन्काको बराबर हिस्सा छ ।

कम्पनीले टीएमटी स्टिल बार गोयन्का गोल्ड ब्रान्डमा उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले भारतबाट बिलेट आयात गरी स्टिलजन्य वस्तु उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ ।

वार्षिक ८८ हजार ५ सय मेट्रिक टन स्टिलजन्य वस्तु उत्पादन गर्ने कम्पनीले अल्पकालीन कर्जाका लागि १ अर्ब ९३ करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीकाअनुसार सन् २०२२ मा सन् २०२१ को तुलनामा कच्चा पदार्थ एमएस बिलेटको मूल्य घट्दा सन् २०२२ मा ०.७ प्रतिशतले बढी नाफा कमाएको छ ।

कम्पनीअनुसार सन् २०१८ देखि २०२२ सम्ममा ९०–९३ प्रतिशत व्यापार टीएमटी सेग्मेन्टबाट भएको उल्लेख छ ।


क्लिकमान्डु