हाथवे इन्भेष्टमेन्टले आईपीओ निष्कासन गर्दै, प्रतिकित्ता कति ?
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल कम्पनीले साधारण सेयर (आईपीआई) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि सेयर निष्कासन गर्ने जनाएको छ ।
कम्पनीले प्रतिकित्ता ५० रुपैयाँका दरले १४ करोड ६२ लाख ५० हजार रुपैयाँको २९ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका २ लाख ९२ हजार ५०० कित्ता, कम्पनीका कर्मचारीका लागि ५८ हजार ५ सय कित्ता, १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।
बाँकी रहेको २४ लाख २७ हजार ७५० कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्काससन गर्नेछ । आईपीओमा साउन ४ गतेदेखि १८ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्नेछन् । आईपीओमा न्यूनतम २० देखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले सी-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।