शारडा ग्रुपको मदिरा बेच्ने कम्पनीले ९ महिनामा गर्‍यो १ अर्बको व्यापार



काठमाडौं । शारडा ग्रुपको मदिरा बेच्ने कम्पनीले ९ महिनाको अवधिमा १ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ को ९ महिनाको अवधिमा म १ अर्ब ८ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२२ मा १ अर्ब ६० करोड १० लाख रुपैयाँ, सन् २०२१ म ९६ करोड ९० लाख रुपैयाँ, सन् २०२० मा ७० करोड ४० लाख रुपैयाँ र सन् २०१९ मा ८९ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।

शारडा ग्रुपले सन् २०१२ मा स्थापना गरेको एसपीजी ट्रेडिङ कम्पनीमार्फत् विभिन्न प्रकारका मदिरा आयात गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले पेर्नो रिकार्ड, एब्सुलुट, ब्यालेनटाइन, बिफिटर, चिभास रिगल, ज्याकोब क्रिक, जेमसोन, रोयल स्यालुट, द ग्ल्निलिभेटलगायत अन्य प्रकारका मदिरा आयात गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनी रोयल स्ट्याग र इम्पेरियल ब्लु ब्रान्डको मदिरा विनर लिक्वयर उद्योग प्रालिमार्फत् उत्पादन गर्दै आएको छ ।

सन्दिपकुमार शारडा, गौरव शारडा, प्रदिपकुमार शारडाको १८.३३/१८.३३ प्रतिशत हिस्सा छ । त्यसबाहेक ४५ प्रतिशत हिस्सा राधेश्याम, शौरभ शारडा र अमितकुमार शारडाको हिस्सा छ ।

कम्पनीले अल्पकालीन कर्जाका लागि ६७ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीअनुसार सन् २०२३ को ९ महिनाको अवधिमा परिणात्मक बिक्रीमा कमी आएको छ ।

सरकारले उच्च आयातका कारण विदेशी मुद्रा सञ्चिती घट्दै गएको र तरलता अभाव भएको भन्दै पैठरीमा प्रतिबन्ध गरेको थियो । प्रतिबन्ध गरेको वस्तुमा मदिरा पनि थियो । जसले गर्दा कम्पनीको व्यापारमा असर पुगेको कम्पनीको भनाइ छ ।

कम्पनीको सन् २०२३ को ९ महिनाको अवधिमा ८ प्रतिशत नाफा कमाएको छ । सन् २०२३ मा रोयल स्ट्याग र इम्पेरियल ब्लूको व्यापार उच्च भएको उल्लेख गरेको छ । उक्त दुई ब्रान्डको मदिरा आन्तरिक बजारमा उच्च खपत हुँदा बिक्रीको हिस्सा ३४ प्रतिशत छ ।


क्लिकमान्डु