ललिता निवास प्रकरणमा मालपोतका तत्कालीन सुब्बा र खरिदार पक्राउ



काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले मंगलबार दुई जनालाई काठमाडौंबाट पक्राउ गरेको हो।

तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा योगराज पौडेल र खरिददार नारायणदास मिश्रलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ललितानिवास प्रकरणम पूर्वसचिव, व्यवसायी मिनबहादुर गुरुङ लगायत गरी १४ जना पक्राउ परेका छन् ।


क्लिकमान्डु