२३ कम्पनीलाई कालोसूचीमा राखिँदै, ७ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन



काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २३ कम्पनीहरुलाई कालोसूचीमा नराख्नुपर्ने आधारसहितको स्पष्टीकरण सोधेको छ ।

विभिन्न निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुलाई कालोसूचीमा राख्नन विभिन्न सार्वजनिक निकायहरुबाट लेखि आएकाले कालोसूचीमा राख्न नपर्ने आधार प्रमाण भए ७ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

कार्यालयकाअनुसार यी कम्पनीहरुलाइ ३० दिनभित्र लिखित स्पष्टिकरण पेस गर्न भन्दै सूचना पठाउँदा पनि कुनै जवाफ नआएकाले आगामी ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको हो । ७ दिनभित्रमा स्पष्टीकरण पेस नभएमा वा आधारप्रमाणसहितको स्पष्टीकरण पेस नभएमा यी कम्पनीहरुलाई कालोसूचीमा राखिनेछ ।

यी हुन २३ कम्पनी


क्लिकमान्डु