पुरानै लयमा फर्कियो होटल मिस्टिक माउन्टेनको व्यापार, २५ करोड रुपैयाँ आम्दानी



काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण केन्द्र बनेको नगरकोटको होटल मिस्टिक माउन्टेन प्रालिको व्यापार पुरानै लयमा फर्किएको छ ।

कम्पनीको व्यापार कोरोना महामारीले खस्किएको थियो । तर, कोरोनापछि पर्यटक बढ्दा कम्पनीको आम्दानीमा उछाल आएको छ ।

कम्पनीले एकै वर्ष २५ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले सन् २०२२ मा २५ करोड २० लाख रुपैयाँ आम्दानी गरेको हो ।

कोरोनाअघि अर्थात् सन् २०१९ मा २२ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो । सन् २०२० मा विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीले गर्दा कम्पनीले १४ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो भने सन् २०२१ मा ९ करोड ३० लाख रुपैयाँ मात्रै आम्दानी गरेको थियो ।

कम्पनीअनुसार सन् २०२२ मा होटलको ६० प्रतिशत क्षमतामा सञ्चालन हुँदा कोभिडअघिको भन्दा बढी व्यापार गरेको छ ।

कोरोनाअघिको तुलनामा पनि सन् २०२२ मा आम्दानीमा सुधार आएको तथ्यांक छ । सन् २०१३ मा स्थापना भएको चार तारे होटलमा ७२ वटा कोठाको सुविधा छ । होटल सन् २०१७ देखि मात्रै पूर्ण सञ्चालनमा आएको थियो ।

काठमाडौंबाट ३० किलोमिटरको दूरीमा रहेको होटल ३.५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । उक्त होटलमा २ वटा ब्लक छन् ।बालकृष्ण दोजु अध्यक्ष रहेको होटलले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ५६ करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि ५२ करोड ५० लाख रुपैयाँको अर्थात् एलडबल बी र अल्पकालीन कर्जाका लागि ३ करोड ५० लाख रुपैयाँ अर्थात् एफोर रेटिङ पाएको छ ।


क्लिकमान्डु