पेट्रोलियम पदार्थको तीन खाले मूल्य, कुन ठाउँमा कति ?



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले गए राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

इण्डियन आयल कर्पोरेशन लिमिटेडबाट १ जुलाई २०२३ (असार १६, २०८०) मा प्राप्त नयाँ खरिद मूल्य सूचीका सन्दर्भमा निगम संचालक समितिको निर्णय अनुसार खुद्रा बिक्री मूल्यमा पेट्रोल तथा डिजेल/मट्टितेलमा मूल्य घटाएको हो ।

निगमले पेट्रोलको मूल्य प्रतिलिटर ७.५० रूपैयाँ, डिजेलमा प्रतिलिटर ६ रूपैयाँ र मट्टीतेलमा प्रतिलिटर ५ रूपैयाँसम्म घटाएको छ ।

निगमले तीन वर्गमा विभाजन गरेर पेट्रोलियम पदार्थको मूल्य निर्धारण गरेको छ ।

नयाँ दरेट अनुसार पेट्रोल पहलो वर्गको १६७. ५० रुपैयाँ, दोस्रो वर्गको १६९ रुपैयाँ र तेस्रो वर्गको १७० रुपैयाँ मूल्य कामय गरेको छ । त्यस्तै डिजेलमा पहिलो वर्ग १४७.५० रुपैयाँ, दोस्रो वर्गको १४९ रुपैयाँ र तेस्रो वर्गको १५० रुपैयाँ तोकेको छ । मट्टितेलको मूल्य पहिलो वर्ग १४७.५०, दोस्रो वर्ग १४९ र तेस्रो वर्गको मूल्य १५० रुपैयाँ तोकेको निगमले जनाएको छ ।

पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, वीरगञ्ज, अमेलेखगञ्ज, भरवाली, नेपालगञ्ज र धनगढी रहेका छन् । दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल रहेको निगमले जनाएको छ ।

साथै साविकको आन्तरिकतर्फको हवाई इन्धनमा प्रति लिटर १४ रूपैयाँ तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको खुद्रा बिक्री मूल्यमा प्रति किलो लिटर अमेरिकी डलर ११५ (प्रति लिटर करिब १५ रूपैयाँ ) घटाइएको निगमले जनाएको छ ।


क्लिकमान्डु