ललिता निवासको जग्गामा महानगरले तारबार गर्ने



काठमाडौं । काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवास वरपरि तारबार गर्ने भएको छ । महानगरपालिकाको टोलीले ललिता निवासको सार्वजनिक जमिन तारबार गर्न लागेको हो ।

महागरको टोलीले ललिता निवास वरिपरिको सार्वजनिक जग्गा संरक्षणका लागि तारबार गर्न लागेको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डले बताए । उनकाअनुसार दिउँसो २ बजेर ३० मिनेटमा महानगरको टोली उक्त क्षेत्रमा तारबार लगाउनका लागि जाँदैछ ।

सरकारी जग्गा कीर्ते गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ जनालाई केही दिन अघि पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये तीन जनासँग सर्वोच्चको स्टे अर्डर भएपछि उनीहरुलाई प्रहरीले छाडेको थियो ।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङसहित अन्य प्रहरी नियन्त्रणमा रहेका छन् ।

बालुवाटारस्थित ललिता निवास रहेको १४३ रोपनी सरकारी जग्गा विभिन्न व्यक्तिले हत्याएको प्रहरीले जनाएको छ । केन्द्रीय अनुसन्धान ब्युरोले पहिलो चरणमा ११२ रोपनी र दोस्रो चरणमा ३१ रोपनी जग्गा व्यक्तिको नाममा नामसारी भएको जनाएको छ।


क्लिकमान्डु