
काठमाडौं । बालुवाटारस्थित ललिता निवास प्रकरणमा पक्राउ परेका ४ जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) लााई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार ललिता निवास प्रकरणबारे जानकारी दिन पत्रकार सम्मेलन गरेसँगै उनीहरुलाई अदालत तर्फ लगिएको थियो ।
प्रहरीले मंगलबार पूर्वनिर्वाचन आयुक्त सुधीर शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ एवं तत्कालीन सरकारी कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई पक्राउ गरेको थियो ।
बालुवाटारस्थित ललिता निवास रहेको १४३ रोपनी सरकारी जग्गा विभिन्न सरकारी कर्मचारीदेखि नेता र व्यापारीले हत्याइएको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पहिलो चरणमा ११२ रोपनी र दोस्रो चरणमा ३१ रोपनी जग्गा व्यक्तिको नाममा नामसारी भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया