सानो गौचरणमा पार्क बनाउँदै काठमाडौं महानगर



काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नम्बर १० स्थित सानो गौचरणमा पार्क निर्माण गर्ने भएको छ ।

महानगरअन्तर्गतको सार्वजनिक निर्माण विभागले एक सूचना प्रकाशित गर्दै अनुमानित लागत ५५ लाख १५ हजार ७८२ रुपैयाँमा सानोगौचरणमा पार्क निर्माण गर्न लागिएको जनाएको छ ।

विभागले उक्त पार्क निर्माणका लागि बोलपत्र आह्वान समेत गरेको छ । बुधबार सूचना प्रकाशित गर्दै विभागले उक्त पार्क निर्माणका लागि इच्छुक निर्माणकर्ताले बोलपत्र आवेदन दिन सक्ने जनाएको छ । साउन १२ गते दिउँसो १२ बजेसम्मका लागि बोलपत्र प्रस्ताव पेस गर्न सकिने महानगरले जनाएको छ ।

त्यस्तै, बुधबार नै विभागले वडा नम्बर ५ को वडा कार्यालयलाई विस्तार गर्ने, वडा नम्बर २९ स्थित पद्यमकन्या विद्याश्रम माध्यमिक विद्यालयमा मल्टिपर्पोस हलको निर्माण र वडानम्बर १९ स्थित कनितिक भवन ककेश्वरी समसानघरमा चिम्नीको निर्माणका लागि पनि बोलपत्र आह्वान गरेको छ । वडा नम्बर ५ को वडाकार्यालय विस्तारका लागि ४८ लाख ७७ हजार, पद्यमकन्या विद्याश्रम माध्यमिक विद्यालयमा मल्टिपर्पोज हलको निर्माणका लागि ८३ लाख ९८ हजार रुपैयाँ र कनितिक भवन ककेश्वरी समसानघरमा चिम्नी निर्माणका लागि ७१ लाख ४० हजार अनुमानित लागत लाग्ने गरि महानगरले बोलपत्र आह्वान गरेको हो ।


क्लिकमान्डु