बालेनले ल्याएको दोस्रो बजेटमा के के छन् ? 



काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ५४ करोड ७८लाखको बजेट ल्याएको छ । आइतबार काठमाडौं महानगरपालिकी उपप्रमुख सुनिता डंगोलले यस्तो बजेट प्रस्तुत गरेका हुन् ।

चालु आवको तुलनामा काठमाडौं महानगरपालिकाले आगामीआवमा झण्डै १३ करोड धेरैको बजेट प्रस्तुत गरेको छ । चालुआवमा महानगरको बजेट २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजाररुपैयाँको थियो ।

आगामी आवका लागि प्रस्तुत भएको महानगरको बजेटमा चालुतर्फ८ अर्ब ६१ करोड ५४ लाख २८ हजार र पुँजिगततर्फ १६ अर्ब ९३करोड २४ लाख ९२ हजार रुपैयाँ बिनियोजन गरिएको छ ।

महानगरले आगामी वर्षभित्र ८०३ जनालाई रोजगारी दिने

आइतबार आयोजित महानगरको १३औं नगरसभामा उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०८०/८१ कालागि बजेट पेस गर्दै महानगरले क्षेत्रगतरुपमा ८०३ जनालाई रोजगारी दिने घोषणा गरेकी हुन् ।

महानगरको क्षेत्रगत विषयको जनशक्तिको अभावलाई तत्काल परिपूर्ति गर्न कुचिकार ३ सय जना, कार्यालयसहयोगी ५१ जना, चौकीदार ३२ जना, स्वास्थ्यकर्मी २६९ जना र नगरप्रहरी जवान १५१ जनालाई करार सेवामार्फत्सम्झौता गरी काममा लगाउन ३० करोड रुपैयाँ रकक विनियोजन गरेको छ । नगरप्रहरीतर्फ कुल ५ सय जनाकोदरबन्दी रहेको व्यवस्था गरेकी बताइन् ।

घर भाडा बाहेकको आम्दानी नभएका घरधनीलाई ७५ प्रतिशतसम्म छुटदिने

काठमाडौं महानगरपालिकाले न्यून बहाल आम्दानी देखाएर छुट प्राप्त गरेका करदाताले बढी बहाल लिएको पाइए१० प्रतिशत जरिवाना गर्ने भएको छ । करमा छुटसम्बन्धी व्यवस्था गर्दै महानगरले असुलीमा पनि कठोर बन्ने प्रस्टपारेको हो ।

आगामी वर्ष २०८०/८१ को आर्थिक विधेयक पेस गर्दै महानगर प्रमुख बालेन साहले महानगर क्षेत्रभित्रका व्यक्ति वासंस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, जग्गा, पोखरी वा अन्य सम्पत्ति पुरै या आंशिक तवरले बहाललगाएकोमा बहाल कर संकलन गरिने उल्लेख गरे ।

व्यावसायिक प्रयोग र प्रयोजनका लागि कुल बहाल रकमको वार्षिक १० प्रतिशतका दरले स्रोतमै करकट्टी गरीबहाल कर लिने महानगरले जनाएको छ ।

आवासीय प्रयोजनको कर दाखिला गर्ने दायित्व तथा जिम्मेवारी घरधनीको हुनेछ भने सम्पत्ति कर र बहाल करएकैपटक असुल गरिने बजेट वक्तव्यमा उल्लेख छ ।

वार्षिक १ लाखभन्दा कम बहाल आम्दानी भएका र आम्दानीका अन्य कुनै स्रोत नभएका करदाताले भने ७५प्रतिशतसम्म छुट पाउने महानगरले जनाएको छ । तर, १ लाख वा सोभन्दा बढी बहाल आम्दानी गर्ने र अन्यआम्दानीको स्रोत रहेका करदाताले भने छुट पाउने छैनन् ।

कसैले छुट पाउनका लागि बहाल करको रकम घटाएमा १० प्रतिशत जरिवाना लिइने महानगर उपप्रमुख डंगोललेजानकारी गराइन् । तर घर बहालमा लगाउनेले भन्दा पनि अहिले घर बहालमा लिनेले कर तिर्नुपरिरहेकोतर्फ भनेबजेटमा केही उल्लेख छैन ।

काठमाडौं महानगरका सामुदायिक विद्यालयका प्रधानाध्यापकको भत्ताबढ्यो

महानगरपालिकाले अ आर्थिक वर्ष २०८०/८१ मा शिक्षा क्षेत्रअन्तर्गतका विभिन्न कार्यक्रम सञ्चालनका लागि १ अर्ब३२ करोड ९ लाख ३३ हजार रकम बिनियोजन गरेको छ ।

आइतबार बजेट प्रस्तुत गर्दै महानगरकी उपप्रमुख सुनिता डंगोलले शिक्षा क्षेत्रमा यो बजेट बिनियोजन गरिएकोबताइन ।

महानगरभित्रका सम्पूर्ण विद्यालयहरुमा पूर्वाधार विकास तथा शैक्षिक गुणस्तर सुधार गर्दै विद्यार्थीहरुमा आधारभूतप्राविधिक ज्ञान र सीप समेतको प्रबद्र्धन गर्न ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ योजनाअन्तर्गत विभिन्नकार्यक्रमका लागि ५० करोड बिनियोजन गरिएको बताइन् ।

त्यस्तै, महानगरले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयको सरसफाई र सौन्दर्यीकरणलाई नियमित रस्वचालित बनाइ विद्यालय क्षेत्र हराभरा र सुन्दर बनाउनका लागि ५ करोड रुपैयाँ बिनियोजन गरेको छ ।

महानगरले आगामी आर्थिक वर्षमा सामुदायिक विद्यालयअन्तर्गत एक विद्यालयमा एक नर्स र एक विद्यालयमाएक सामाजिक सहजकर्ता पनि व्यवस्थापन गर्ने भएको छ ।

साथै, सामुदायिक विद्यालयमा अध्ययरतविद्यार्थीहरुमधये हाल कक्षा ८ सम्मका विद्यार्थीहरुका लागि मात्र खाजा खर्च उपलब्ध गराउँदै आइएकोमा आगामीआवदेखि डिजिटल हारिजि प्रमाणित भइ अलिभेखका आधारमा तोकिएको दरमा खाजा सुविधा उपलब्ध गराउनआवश्यक रकम सहितको प्रबन्ध मिलाइएको डंगोलले बताइन् ।

त्यस्तै, महानगरले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको तलब र मासिक भत्ताभुक्तानी गर्न ३० करोड रुपैयाँको छुट्टै शोधभर्ना कोषको पनि व्यवस्था गरेको छ । साथै, सबै सामुदायिकविद्यालयका प्रधानाध्याकहरुका लागि मासिक भत्ता बृद्धि गरेको पनि डंगोलले बताइन् ।

महानगरले आगामी आव २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाखको बजेट ल्याएको छ । जसमध्येचालुतर्फ ८ अर्ब ६१ करोड ५४ लाख २८ हजार र पुँजिगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँबिनियोजन गरिएको छ ।

बालेनले बढाएनन् काठमाडौं महानगरभित्रको जग्गाको मूल्य

काठमाडौं महानगरभित्र जग्गाको मूल्य स्थिर भएको छ । काठमाडौं महानगरपालिकाले जग्गाको मूल्यांकननबढाउँदा मूल्य पनि स्थिर हुने भएको हो ।

महानगरका प्रमुख बालेन शाहले आइतबार प्रस्तुत गरेको २०८०/८१ को आर्थिक विधेयकमा गत जग्गाकोमूल्यांकनलाई निरन्तरता दिएका छन् । स्थानीय तहले जग्गाको मूल्यांकन बढाउँदा सरकारी दररेट नै बढ्न गईजग्गाको मूल्य पनि बढ्ने गर्छ । यो वर्ष महानगरभित्रको मूल्यांकन स्थिर राखेकाले जग्गाको मूल्य नबढ्ने देखिन्छ ।

सरकारले गत आर्थिक वर्षमा जग्गाको मूल्यांकन बढाएको थियो । सरकारी नियमअनुसार देशभरको जग्गाको मूल्यहरेक २/२ वर्षमा बढाउने प्रचलन रहीआएको छ । त्यसैले, महानगरले पनि यो वर्ष जग्गाको मूल्यांकनलाई यथावत राखेको छ ।

कर उठाउन बालेनको कदमः पुस मसान्तसम्म बक्यौता कर तिरेजरिवाना र ब्याज छुट

काठमाडा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को पुस मशान्तसम्ममा विगतमा कर नतिरेकाकरदाता कर तिर्न आएमा जरिवाना र ब्याज मिनाहा गर्ने भएको छ । आइतबार प्रस्तुत भएको महानगरको आर्थिकऐनमा यस्तो व्यवस्था गरिएको हो ।

महानगरले कुनै व्यक्ति वा संस्थाले विगतमा तिर्नुपर्ने सम्पत्ति, व्यवसाय, विज्ञापन र बहाल कर बक्यौता बाँकीभएको भए वा कर नबुझाएको भए त्यस्तो व्यक्ति वा संस्थाले करदाता नम्बर लिई आर्थिक वर्ष २०८० पुसमशान्तसम्म कर लाग्ने अवधिदेखिको कर बुझाएमा सो बापत लाग्ने जरिवाना र ब्याज मिनाहा हुने व्यवस्था गरेकोहो ।

तर, तोकिएको अवधीमा कर नबुझाएमा वा कर दाखिला नगरेमा सो अवधि व्यतित भएपछि त्यसको जरिवानामिनाहा नगरि पुरै असुल हुने व्यवस्था महानगरले गरेको छ ।

त्यस्तै, महानगरले आगामी आव २०८०/०८१ मा सम्पत्ति कर, घर बहाल कर र व्यवसाय कर बुझाउने करदातालेकिस्तामा कर तिर्न सक्ने पनि व्यवस्था गरेको छ । महानगरले अधिकतम ६ किस्तामा कर बुझाउन सक्ने जनाएकोछ । बक्यौताको हकमा पुस मशान्तससम्म किस्तामा कर तिरेमा जरिवाना छुट हुने र पुस मशान्तपछि बाँकीबक्यौता बुझाउने हकमा नियमानुसार जरिवाना असुल गरिने व्यवस्था गरेको छ ।

शिक्षा क्षेत्रमा काठमाडौं महानगरले छुट्यायो १ अर्ब ३२ करोड बजेट, ‘गरिखाने शिक्षा, महानगरको इच्छा’

काठमाडौं महानगरपालिकाले अ आर्थिक वर्ष २०८०/८१ मा शिक्षा क्षेत्रअन्तर्गतका विभिन्न कार्यक्रम सञ्चालनकालागि १ अर्ब ३२ करोड ९ लाख ३३ हजार रकम बिनियोजन गरेको छ ।

आइतबार बजेट प्रस्तुत गर्दै महानगरकी उपप्रमुख सुनिता डंगोलले शिक्षा क्षेत्रमा यो बजेट बिनियोजन गरिएकोबताइन ।

महानगरभित्रका सम्पूर्ण विद्यालयहरुमा पूर्वाधार विकास तथा शैक्षिक गुणस्तर सुधार गर्दै विद्यार्थीहरुमा आधारभूतप्राविधिक ज्ञान र सीप समेतको प्रबद्र्धन गर्न ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ योजनाअन्तर्गत विभिन्नकार्यक्रमका लागि ५० करोड बिनियोजन गरिएको बताइन् ।

त्यस्तै, महानगरले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयको सरसफाई र सौन्दर्यीकरणलाई नियमित रस्वचालित बनाइ विद्यालय क्षेत्र हराभरा र सुन्दर बनाउनका लागि ५ करोड रुपैयाँ बिनियोजन गरेको छ ।

महानगरले आगामी आर्थिक वर्षमा सामुदायिक विद्यालयअन्तर्गत एक विद्यालयमा एक नर्स र एक विद्यालयमाएक सामाजिक सहजकर्ता पनि व्यवस्थापन गर्ने भएको छ । साथै, सामुदायिक विद्यालयमा अध्ययरतविद्यार्थीहरुमधये हाल कक्षा ८ सम्मका विद्यार्थीहरुका लागि मात्र खाजा खर्च उपलब्ध गराउँदै आइएकोमा आगामीआवदेखि डिजिटल हारिजि प्रमाणित भइ अलिभेखका आधारमा तोकिएको दरमा खाजा सुविधा उपलब्ध गराउनआवश्यक रकम सहितको प्रबन्ध मिलाइएको डंगोलले बताइन ।

त्यस्तै, महानगरले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको तलब र मासिक भत्ताभुक्तानी गर्न ३० करोड रुपैयाँको छुट्टै शोधभर्ना कोषको पनि व्यवस्था गरेको छ । साथै, सबै सामुदायिकविद्यालयका प्रधानाध्याकहरुका लागि मासिक भत्ता बृद्धि गरेको पनि डंगोलले बताइन् ।

महानगरले आगामी आव २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाखको बजेट ल्याएको छ । जसमध्येचालुतर्फ ८ अर्ब ६१ करोड ५४ लाख २८ हजार र पुँजिगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँबिनियोजन गरिएको छ ।

महानगरको बजेटः धुलो रहित काठमाडौं बनाउन १ अर्ब रुपैयाँ बजेट

काठमाडौं महानगरपालिकाले धुलो रहित काठमाडौं बनाउनका लागि बजेट बिनियोजन गरेको छ ।

आइतबार आयोजित महानगरको १३ औं नगरसभामा उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०८०/०८१का लागि बजेट पेस गर्दै धुलो रहित काठमाडौं बनाउनका लागि बजेट बिनियोजन गरेकी हुन् ।

धुलो रहित काठमाडौं योजना कार्यान्वयन गर्का लागि यस योजना अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि१ अर्ब रुपैयाँ रकम विनियोजन गरेको डंगोलले जानकारी दिइन् ।

महानगरले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट पेस गरिएको छ ।

काठमाडौं महानगरद्वारा फोहोर व्यवस्थापनका लागि ८७ करोड ९३लाख बिनियोजन

काठमाडौं महानगरपालिकाले फोहोरमैला व्यवस्थापन र वातावरण क्षेत्रसँग सम्बन्धित विभागीय कार्यक्रमका लागि८७ करोड ९३ लाख रुपैयाँ बिनियोजन गरेको छ ।

आइतबार महानगरकी उपप्रमुख सुनिता डंगोलले प्रस्तुत गरेको बजेटमा आगामी आर्थिक वर्षविभत्र फोहोरमैलाव्यवस्थापनको उपयुक्त विधि र प्रणाली सहितको कार्यक्रम सञ्चालन गर्न बजेट बिनियोजन गरेको छ । त्यस्तै,सरसफाई कार्यमा प्रयोग हुने सवारी साधन तथा यन्त्र उपकरणको उपलब्धतामा कमि नहुने व्वस्था गर्न तथा त्यस्तासवारी र उपकरणको खरिका लागि २७ करोड रकम बिनियोजन गरेको डंगोलले बताइन् ।

महानगरले आफ्नो क्षेत्रभित्र रहेका नदीहरुको नियमित सरसफाई गरि नदी किनार क्षेत्रलाई समेत संरक्षण गर्न ७करोड रुपैयाँ बिनियोजन गरेर कार्यक्रम सञ्चालन गर्ने डंगोलले बताइन् । सँगै वायु प्रदुषण, ध्वनी प्रदुषणलगायतकापर्यावरणीय क्षेत्रसँग सम्बन्धित विषयमा विभिन्न अध्ययन तथा अनुसन्धान पनि गरिने बजेटमा व्यवस्था गरिएको छ।

महानगरले आगामी आव २०८०/०८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाखको बजेट ल्याएको छ । जसमध्येचालुतर्फ ८ अर्ब ६१ करोड ५४ लाख २८ हजार र पुँजिगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँबिनियोजन गरिएको छ ।

घरबहालमा कठोर बन्यो महानगरः न्यून बहाल देखाएर बढी लिएकोपाइए १० प्रतिशत जरिवाना

काठमाडौं महानगरपालिकाले न्यून बहाल आम्दानी देखाएर छुट प्राप्त गरेका करदाताले बढी बहाल लिएको पाइए१० प्रतिशत जरिवाना गर्ने भएको छ । करमा छुटसम्बन्धी व्यवस्था गर्दै महानगरले असुलीमा पनि कठोर बन्ने प्रस्टपारेको हो ।

आगामी वर्ष २०८०/८१ को आर्थिक विधेयक पेस गर्दै प्रमुख बालेन्द्र शाहले महानगर क्षेत्रभित्रका व्यक्ति वा संस्थालेभवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, जग्गा, पोखरी वा अन्य सम्पत्ति पुरै या आंशिक तवरले बहाल लगाएकोमाबहाल कर संकलन गरिने उल्लेख गरेका हुन् ।

व्यावसायिक प्रयोग र प्रयोजनका लागि कुल बहाल रकमको वार्षिक १० प्रतिशतका दरले स्रोतमै करकट्टी गरीबहाल कर लिने महानगरले जनाएको छ । आवासीय प्रयोजनको कर दाखिला गर्ने दायित्व तथा जिम्मेवारीघरधनीको हुनेछ भने सम्पत्ति कर र बहाल कर एकैपटक असुल गरिने बजेट वक्तव्यमा उल्लेख छ ।

वार्षिक १ लाखभन्दा कम बहाल आम्दानी भएका र आम्दानीका अन्य कुनै स्रोत नभएका करदाताले भने ७५प्रतिशतसम्म छुट पाउने महानगरले जनाएको छ । तर, १ लाख वा सोभन्दा बढी बहाल आम्दानी गर्ने र अन्यआम्दानीको स्रोत रहेका करदाताले भने छुट पाउने छैनन् ।

कसैले छुट पाउनका लागि बहाल करको रकम घटाएमा १० प्रतिशत जरिवाना लिइने महानगर प्रमुख शाहलेजानकारी गराए । तर घर बहालमा लगाउनेले भन्दा पनि अहिले घर बहालमा लिनेले कर तिर्नुपरिरहेकोतर्फ भनेबजेटमा केही उल्लेख छैन ।

पार्किङ प्रयोजनमा बनेको भवनलाई १० वर्षसम्म सम्पत्ति कर छुट दिने बालेनको घोषणा

काठमाडौं महानगरपालिकाले बजेट सार्वजनिक गर्दै पार्किङ प्रयोजनका लागि बनेका भवनलाई १० वर्षसम्म सम्पत्तिकरमा छुट दिने भएको छ ।

आइतबार आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयक सार्वजनिक गर्दै महानगरपालिकाका प्रमुख बालेन्द्रशाहले व्यवसायिक रुपमा सवारी साधन पार्किङ प्रयोजनका लागि भवन निर्माण गरेमा भवन निर्माण सम्पन्न भएकोमितिले पार्किङ प्रयोजनका लागि प्रयोग हुने क्षेत्रको १० वर्षसम्म सम्पत्ति कर छुट दिइने घोषणा गरे।

पार्किङ प्रयोजन देखाइ नक्सा स्वीकृत गरेको भवनको पार्कीङ क्षेत्रलाई अन्य प्रयोजनमा प्रयोग गरेकाको हकमा भनेमहानगरले प्रचलित कानुन र निर्णय बमोजी कारबाही गर्नुका साथै सम्पत्ति कर सहितका सम्बन्धित अन्य कर असुलगरिने उल्लेख गरिएको छ ।

तर फार सुविधा लिइ स्वीकृत गरेको भवनको सावरी साधन पार्किङ क्षेत्रलाई त्यस्तो सुविधा उपलब्ध नहुने मेयरबालेनले बताएका छन् ।

पूर्वाधार क्षेत्रमा काठमाडौं महानगरद्वारा ७ अर्ब ३४ करोड ६४ लाख विनियोजन

काठमाडौं महानगरपालिकाले पूर्वाधार क्षेत्रमा ७ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आइतबार आयोजित महानगरको १३औं नगरसभा उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०८०/८१ कालागि बजेट पेस गर्दै महानगरको सार्वजनिक पूर्वाधार निर्माण तथा सुधार क्षेत्रमा ७ अर्ब ३४ करोड ६४ लाख रुपैयाँबजेट विनियोजन गरिएको जानकारी दिइन् ।

बजेटमा महानगरपालिकाको वडा कार्यालय भवन क्रमशः निर्माण गर्नका लागि आवश्यक रकमको व्यवस्थामिलाएको उल्लेख गरिएको छ ।

उपप्रमुख डंगोलले महानगर क्षेत्रभित्रका सम्पूर्ण सडक तथा पेटी मध्ये डीपीआर भएका सडक तथा पेटीहरु मर्मततथा निर्माण गरि ‘धुलो रहित काठमाडौं’ योजनालाई कार्यान्वयन गरिने उल्लेख गरिन् । यस योजना अन्तर्गतविभिन्न कार्यक्रम संचालन गर्न १ अर्ब करोड रकम विनियोजन गरिएको छ ।

‘सडक निर्माण कार्यलाई थप व्यवस्थित बनाउन आफ्नै आस्फाल्ट प्लान्ट स्थापना सहित पूर्वाधार एम्बुलेन्सलाईप्रभावकारी रुपमा संचालन गर्न २५ करोड रुपैयाँ रकम र महानगर क्षेत्रभित्रका प्रमुख सडकहरुमा फाइवर तथा अन्यकेवल विस्तारको लागि आफ्नो युटिलिटी डक्ट निर्माण गरी शेयर्ड इन्फ्रास्ट्रकचरको अवधारणा अनुरूप कार्य अगाडिबढाउन १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छु,’ उनले भनिन् ।

त्यस्तै, महानगर क्षेत्रभित्रका सडक, रेलिङ, वाल, कार्यालय परिसर, पार्क क्षेत्रलाई नियमित एवं स्वचालित रुपमासुन्दर तथा जीवन्त बनाई राख्ने उद्देश्यले सञ्चालित ‘सुन्दर महानगर योजना’अन्तर्गत २५ करोड रुपैयाँ रकमविनियोजन गरेको छ ।

‘उज्यालो शहर, मेरो महानगर’ योजनाअन्तर्गत महानगरका सबै सडक तथा गल्लीमा सडक बत्ती जडान गर्ने एवंमहानगरका १०० वटा मुख्य चोक तथा क्षेत्रहरुमा सीसीटीभी सहितको व्यवस्था गर्ने कार्यक्रमको लागि ३० करोडरुपैयाँ विनियोजन गरेको छ।

ठमेललाई पर्यटकीय हब बनाउन महानगरले छुट्यायो २ करोड ५०लाख रुपैयाँ बजेट

काठमाडौं महानगरपालिकाले ठमेललाई पर्यटकको हवको रुपमा विसका गर्न गुरुयोजनासहितको कार्यक्रमसञ्चालन गर्ने भएको छ ।

आइतबार महानगरको १३ औं नगरसभामा उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागिबजेट पेस गर्दै ठमेल क्षेत्रलाई पर्यटकको हवको रुपमा विकास गर्दै गुरुयोजना सहितको कार्यक्रम सञ्चालन गर्न तथामहानगपालिका भित्रका बहाबही सहितको पर्यटकीय क्षेत्रहरुको रुट सजेसन सम्बन्धी एप निर्माणसमेतको पर्यटनविकासका लागि २ करोड ५० लाख रुपैयाँ बजेट बिनियोजन गरिएको जानकारी दिइन् ।

त्यस्तै हिति र पोखरी संरक्षण कार्यक्रमलाई प्रभावकारी सञ्चालन गर्न महानगर स्वर्णिम योजनजा अन्तर्गत २ वटाकार्यक्रमको लागि २६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।


क्लिकमान्डु