बढेर आयो पेट्रोलियम पदार्थको मूल्य



काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । इन्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएअनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर आएको जनाएको छ ।

आइओसीले हरेक १५ दिनमा नयाँ मूल्य पठाउने गरेको छ । उक्त नयाँ मूल्य सूचीअनुसार डिजेलमा ३४ पैसा र पेट्रोलमा ८६ पैसा बढेर आएको निगमले जनाएको छ ।

यही मूल्य यथावत रहेमा निगमलाई आगामी १ दिनको नाफा लगभग १ अर्ब ७५ करोड रुपैयाँ हुने निगमले जनाएको छ ।

निगमअनुसार पेट्रोलमा प्रतिलिटर १२ रुपैयाँ र डिजेलमा प्रतिलिटर १५ रुपैयाँ नाफा हुनेछ । अब निगमले आइओसीलाई तिर्ने बक्यौता २ अर्ब भारुमा सिमित भएको छ । उक्त बक्यौता रकम आगामी असारभित्र चुक्ता गर्ने निगमको योजना छ ।


क्लिकमान्डु