सडकमा माटो झार्नेलाई काठमाडौं महानगरले तिरायो १५ हजार जरिवाना



काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा माटो झार्नेलाई १५ हजार जरिवाना गराएको छ ।

महानगरपालिकालको महानगर प्रहरी बलले रोशन कन्स्ट्रक्सन नामक कम्पनीको गाडीलाई बाटोमा माटो झारेकोमा १५ हजार जरिवाना तिराएको हो । उक्त गाडीले थापाथलीदेखि त्रिपुरेश्वरतर्फको बाटोमा माटो झारेको महानगरले जनाएको छ ।

पछिल्लो समय महानगरले सडक वरपर फोहोर गर्ने, निर्माण सामग्री राख्नेलगायतका कार्यहरु गर्नेलाई कारबाही गर्दै आएको छ । साही क्रममा महानगर प्रहरीले रोशन कन्स्ट्रक्सनलाई १५ हजार रुपैयाँ जरिवना तिराएको हो ।


क्लिकमान्डु