ऋण नतिरेपछि सम्पत्ति लिलाम गर्दै ग्लोबल आईएमई बैंक



काठमाडौं । ग्लोबल आईएमई बैंकले धितोमा राखिएको सम्पत्तिहरु लिलामीमा बिक्री गर्ने भएको छ । बैंकले बैंकबाट लिएको कर्जा पटक पटक तिर्न ताकेता गरेपनि कर्जा तिर्न वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गर्ने भएको हो ।

बैंकमा राखिएको धितो जहाँ जे जस्तो अवस्था र परिमाण्मा छ, सोही अवस्थामा र परिमाणमा प्रचलित कानून, बैंक तथा वित्तीय संस्था सम्बन्धी एैन, २०७३ एंव बैंक नियमअनुसार गोप्य सिलबन्दी बोलपत्रद्धारा लिलाम बिक्री गरी बैंकको लेना असुल उपर गर्नका लागि आज १५ दिने सार्वजनिक सूचना जारी गरेको हो ।

बैंकले शाखा कार्यालय गोलबजार सिराहा, चाराली झापा, र हेटौंडा बैंकरोड मकवानपुर शाखाबाट कर्जा लिएका ऋणीको नाममा रहेको सम्पत्ति बिक्री गर्ने जनाएको छ ।

बैंकले बैंकले शाखा कार्यालय हेटौंडा बैंकरोड, मकवानपुरका ऋणी माँ काली ट्रेडर्सका प्रोपाइटर देवेन्द्र ढुंगानाको नाममा मालपोत कार्यालय, मकवानपुरमा दर्ता श्रेष्ता कायम रहेको हेटौडा नगरपालिकाको वडा नम्बर ९ स्थित कित्ता नम्बर ५९२९ र ५९१३ को क्षेत्रफल क्रमशः ०–० –१० र ० –०–१४.२५ विगाहाको जग्गा तथा सोले चर्चेको सम्पूर्ण लिगलगापात समेत र मकवानपुरकै पदमपोखरी वडानम्बर ७ स्थित कित्ता नम्बर ११५० र १२०७ को क्षेत्रफल क्रमशः ० –९–८ र ० –१४–० विगाहाको जग्गा तथा सोले चर्चेको सम्पूर्ण लिगलगापातसमेत बिक्री गरिने जनाएको छ ।

यस्तै, बैंकको चाराली शाखा कार्यालय झापाका ऋणि प्रश्ना कपडा पसलका प्रोपाइटर कमला विश्वकर्माको नाममा घरजग्गा बिक्री गर्नेछ । बैंकको सूचनाकाअनुसार विश्वकर्माको नाममा मालपोत कार्यालय भद्रपुर, झापामा दर्ता श्रेष्ता कायम भएको झापा जिल्ला धाइजन वडानम्बर ६ स्थित कित्ता नम्बर ६६२९ र ४४२५ को क्षेत्रफल क्रमशः ०–१ –४.५–० र ०–०–१२.५–० विगाहाको जग्गा तथा सोले चर्चेको सम्पूर्ण लिगलगापात समेत बिक्री गरिने जनाएको छ ।

त्यस्तै, बैंकको गोलबजार शाखा, सिराहाबाट ऋण लिने शिव गंगा बस्त्रालय एण्ड शशि रेडिमेड सेन्टरका प्रोप्राइटर शषि कुमार सिंहको नाममा मालपोत कार्यालय, सिराहामा दर्ता श्रेष्ता कायम रहेको सिराहाको चन्द्रोदयपुर वडानम्बर ७ ख स्थित कित्ता नम्बर ३१२२, ३१२३ र ३१२६ को क्षेत्रफल क्रमशः ०–० –७, ० –०–५ र ० –७–५ विगाहाको जग्गा तथा सोले चर्चेको सम्पूर्ण लिगलगापात समेत र सिराहाकै चन्द्रलालपुर वडा नम्बर ९ स्थित कित्ता नम्बर २३२ को क्षेत्रफल ० –१–०.२५ विगाहाको जग्गा तथा सोले चर्चेको सम्पूर्ण लिगलगापात समेतको लिलाम बिक्री गरिने बैंकले जनाएको छ ।

त्यस्तै, सोही ऋणिका जमानत बस्ने रोहित महतोको नाममा मालपोत कार्यालय, लाहान, सिराहामा दर्ता श्रेष्ता कायम रहेको सिराहाको चैनपुर वडा नम्बर ३ स्थित कित्ता नम्बर ६७० र ६७३ को क्षेत्रफल क्रमशः ०–०–१४.५० र ०–१–१५ विगाहाको जग्गा तथा सोले चर्चेको सम्पूर्ण लिगलगापात समेत बिक्री गरिने बैंकले जनाएको छ ।

बैंकको गोलबजार शाखा, सिराहाबाटै ऋण लिने मिना देवी महतोको नामा मालपोत कार्यालय, सिराहामा दर्ता श्रेष्ता कायम रहेको सिराहाको चन्द्रलालपुर वडा नम्बर ९ स्थित कित्ता नम्बर २३३ र ३०५६ को क्षेत्रफल क्रमशः ०–१ –०.२५ र ० –१–६ विगाहाको जग्गा तथा सोले चेर्चेको सम्पूर्ण लिगलगापात समेत र सिराहाको चन्द्रलालपुरकै वडा नम्बर १ स्थित कित्ता नम्बर ३६०३, ३६०४ र ३६०५ को क्षेत्रफल क्रमशः ० –१–०–१०, ० –०–१८–१० र ० –०–६–१२ विगाहाको घरजग्गा तथा सोले चेर्चको सम्पूर्ण लिगलगापात समेत लिलाम बिक्री गरिने बैंकले जनाएको छ ।

बोलपत्र सम्बन्धी शर्तबन्देज सहितको बोलपत्र फाराम बैंकमा केन्द्रीय कार्यालय, कर्जा असुली विभाग, वा सम्बन्धित शाखा कार्यालयबाट प्राप्त गर्न सकिनेछ ।

शिलबन्दी बोलपत्र यो सूचना प्रकाशित भएको १५ दिनभित्र अर्थात असार १० गतेसम्म सम्बन्धित शाखा कार्यालयमा बुझाईसक्नु पर्ने बैंकले जनाएको छ । त्यसको भोलीपल्ट अर्थात असार ११ गते बोलपत्र खोलिने बैंकले सोही सूचनामा जनाएको छ ।

कर्जा चुक्ता भुक्तान गर्न आउने ३५ दिने सार्वजनिक सूचना जारी गर्दा पनि ऋणी तथा जमानतकर्ता कसैले पनि ऋण कर्जाको बाँकी सावाँ र ब्याँज चुक्ता भुक्तान गर्न तर्फ चासो नदेखाई वेवास्ता गरी ऋण पछ्र्यौट नगरेको हुनाले कर्जा लिएका ऋणीहरुको नाममा रहेको सवारी साधन तथा घरजग्गा बिक्री गर्न लागिएको बैंकको भनाइ छ ।

यस्तै, यो सूचनालाई आधार मानी सम्बन्धीत ऋणी तथा जमानतकर्ता तथा सम्बद्ध व्यक्ति समेतले सम्पत्ति लिलाम हुने दिन भन्दा अगावै बैंकमा उपस्थित भई आफूले बुझाउनुपर्ने सम्पूर्ण बाँकी बक्यौता चुक्ता भुक्तान गरी कर्जा राफसाफ गरेमा लिलामी कार्य रोक्न सकिने समेत बैंकद्धारा जारी सूचनामा उल्लेख छ ।


क्लिकमान्डु