वित्तीय साक्षरता अभिवृद्धिका लागि ‘फाइनान्सियल लिट्रेसी नेपाल’ स्थापना



काठमाडौं । वित्तीय साक्षरता अभिवृद्धिका लागि ‘फाइनान्सियल लिट्रेसी नेपाल’ नामक संस्थाको स्थापना भएको छ । वित्तीय साक्षरता बढाउने उद्देश्यले नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर डा. चिरञ्जीवी नेपालको संरक्षकत्वमा स्थापित संस्थाको शुक्रबार शुभारम्भ गरिएको हो ।

संस्था उद्घाटनका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले ‘वर्तमान आर्थिक अवस्था तथा भावि कार्यदिशा’ विषयमा कार्यपत्र पेस गरे । उनले बाह्य क्षेत्र सन्तुलित हुँदै गएको तथा सरकारको चालू खाता घाटा बढ्दै गएको तथ्य प्रस्तुत गर्दै सानो मेहनतले पनि ठूलो आर्थिक परिवर्तन हुन सक्ने तर्क गरे ।

अध्यक्ष दाहालले बैंक खाता संख्या ४ करोडभन्दा बढी रहेको तथा कम्तीमा एउटा खाता भएका मानिसको संख्या पनि ६७.३ प्रतिशत अर्थात् करिब १ करोड ८४ रहेको बताए । ‘केही विकासोन्मुख देशसँगको तुलनामा यो धेरै राम्रो स्थिति हो,’ उनले भने, ‘तर हामीले अझै धेरै काम गर्न सकिने ठाउँ छन् ।’

त्यस्तै पूर्वगर्भनर नेपालले वित्तीय साक्षरताका विषयमा प्राध्यापक र डाक्टरहरु पनि निकै कमजोर रहेको दृष्टान्त सुनाए । केन्द्रीय बैंकमा रहेका बेला यस्ता धेरै कुराबारे थाहा पाउने अवसर मिलेको उनले बताए ।

नेपाल बैंकर्स संघका अध्यक्ष एवं एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले वित्तीय साक्षरताका लागि पूर्वगर्भनर डा. नेपालले लिएको इनिसिएसन प्रशंसनीय रहेको भन्दै संस्थाको प्रगतिको कामना गरे । ‘वित्तीय साक्षरताका लागि हामीले पनि काम गरिरहेका छौं,’ उनले भने, ‘यो सबैले गर्नुपर्छ, यसमा हाम्रो पनि सहयोग रहनेछ ।’

नेपाल डेभलपमेन्ट बैंकर्स एसोसिएनका अध्यक्ष एवं सांग्रिला बैंकका सीईओ सुयोग श्रेष्ठले वित्तीय साक्षरतालाई सामान्य रुपमा लिन नहुने बताए । ‘वित्तीय सारक्षता धेरै महत्वपूणर् कुरा हो,’ उनले भने, ‘यसमा हामी सबै मिलेर जानुपर्छ ।’

संस्थाको अध्यक्ष पूर्वबैंकर भुवन दहाल छन् भने सचिव धितोपत्र बोर्डका पूर्व कार्यकारी निर्देशक छन् ।


क्लिकमान्डु