नेपालमा विदेशी पर्यटकले गर्ने खर्चभन्दा विदेश घुम्दा नेपालीले गर्ने खर्च दोब्बर बढी



काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा नेपालमा घुम्न आउने पर्यटकहरुले गर्ने खर्चभन्दा दोब्बर विदेश जाने नेपालीहरुले खर्च गरेका छन् ।

राष्ट्र बैंकको पछिल्लो तथ्यांककाअनुसार चालु आवको १० महिनामा नेपालमा आउने पर्यटकहरुबाट ५१ अर्ब ८७ करोड रुपैयाँ नेपाल भित्रिएको छ । यहि अवधिमा विदेश जाने नेपालीहरुबाट भने १ खर्ब २ अर्ब रुपैयाँ बाहिरिएको छ ।

चालु आर्थिक वर्षको १० महिनामा नै स्वदेश भित्रिने पर्यटनबाट सरकारले गर्ने आम्दानी र नेपालबाट बाहिरिनेहरुले गर्ने खर्च ठीक दोब्बर रहेको हो ।

त्यस्तै, गत आर्थिक वर्ष नेपाल भित्रिएका पर्यटकहरुबाट सरकारले ३२ अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको थियो । सोही आवमा विदेश गएका नेपालीहरुले भने ९७ अर्ब ३२ करोड रुपैयाँ खर्च गरेका थिए । अर्थात नेपालबाट ९७ अर्ब ३२ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा विदेश जाने नेपालीहरुले लगेका छन्।

त्यस्तै, आव २०७७/०७८ मा नेपाल भित्रिएका पर्यटकहरुले ७ अर्ब २६ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा नेपाल भित्राएका थिए । सोही वर्ष नेपालबाट विदेश घुम्न जाने नेपालीहरुले भने ३२ अर्ब ८० करोड बराबरको विदेशी मुद्रा देश बाहिर लगेका छन्।

सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ बाट वैदेशिक पर्यटन शुल्कमा ५ प्रतिशत कर लगाउने घोषणा गरेको छ । विदेशी मुद्राको सटही सुविधा लिँदा ५ प्रतिशत वैदेशिक पर्यटन शुल्कको रुपमा कर लिने व्यवस्था सरकारले गरेको हो ।

पर्यटन शुल्कले टुर प्याकेज महँगो हुने र विदेश घुम्न जाने नेपालीको संख्या कम हुने सरकारको विश्वास छ ।


क्लिकमान्डु