एकैदिन सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बजेटपछि निरन्तर उकालो लागेकाे सुनको मूल्य आइतबार प्रतितोला १७ सय रुपैयाँले घटेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँ कायम भई रेकर्ड कायम गरेको थियो । तर, आइतबार १७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतबार तेजावी सुनको मूल्य १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको छ ।

साथै, आइतबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको छ । शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १४ सय ३५ रुपैयाँ कायम भएकोमा आइतबार २० रुपैयाँले घटेर १४ सय १५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु