टोखा–छहरे सुरुङ मार्ग निर्माणका लागि १ अर्ब बजेट विनियोजन



काठमाडौं । सरकारले टोखा–छहरे सुरुङ मार्गको निर्माणका लागि १ अर्ब बजेट बिनियोजन गरेको छ ।

आगामी आव २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले टोखा–छहरे सुरुङ मार्गको निर्माणका लागि १ अर्ब बजेट बिनियोजन गरिएको बताएका हुन् ।

टोखा–छहरे सुरुङ मार्गको प्रारम्भिक अध्ययन तथा सम्भाव्यता अध्ययन यसअघि नै सम्पन्न भएको छ । चीनियाँ टोलीले यसको प्रराम्भिक अध्ययन गरेको थियो ।

आगामी आवमा सरकारले यसको निर्माण कार्य अघि बढाउने अर्थमन्त्री महतले बजेट प्रस्तुत गर्दै बताए । उनले विस्तृत आयोजना प्रतिवेदन सम्पन्न गरि निर्माण कार्य अघि बढाउन १ अर्ब बजेट बिनियोजन गरिएको बताएका छन् ।

साथै, निर्माणाधिन रहेको सिद्धबाबा सुरुङ मार्ग निर्माण कार्यलाई तीव्रता दिइने पनि उनले बताए ।


क्लिकमान्डु