सरकारमा रहेको नागरिक उन्मुक्ति पार्टीले ५ दिने नेपाल बन्द गर्ने



काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले राजनीतिक प्रकृतिको घटनालाई अदालती मुद्दा बनाइएको र लाल आयोगको प्रतिवदेन सार्वजनिक नगरेको भन्दै नेपाल बन्दको घोषणा गरेको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त पार्टीले जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको हो ।

टीकापुर घटनामा रेशम चौधरीलाई सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला सदर गर्दै मंगलबार जन्मकैदको फैसला गरेको थियो ।

अदालतको यस्तो फैसला आएसँगै नाउपाले हिजोको अदालतको फैसलालाई स्वीकार्य भए पनि यो अदालती नभइ राजनीतिक मुद्दा भएको जनाएको छ ।

नाउपाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सर्वोच्चले दिएको आदेश पालन गर्न माग गरेको छ । नाउपाले रेशम चौधरी लगायतका राजबन्दी हत्यारा हुन् भने फाँसिदिने ऐन बनाएर चोधरीलाई फाँसि दिन भनेको छ ।

पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितको हस्ताक्षर गरिएको विज्ञप्तिमा जेठ ३ देखि ५ सम्म देशभर राँके जुलुस प्रदर्शन गर्ने जनाइएको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता गौतम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छन् उनी जेलमा रहेका रेशम चौधरीकी श्रीमती हुन् ।


क्लिकमान्डु