नक्कली शरणार्थी प्रकरणमा नाम जोडिएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको सचिवालयको प्रष्टीकरण



रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सचिवालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा उनको संलग्नता नभएको दाबी गरेको छ ।

पूर्वगृहमन्त्री बालकृष्ण खाण र सन्देश शर्मा रेग्मी पक्राउ परेपछि चौधरीको कनेक्सन जोडिएको भन्दै केही सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि मुख्यमन्त्री चौधरीको सचिवालयले विज्ञप्तिमार्फत यस्तो दाबी गरेको हो ।

कांग्रेस नेता खाण पक्राउ परेपछि नेता चौधरी पूर्वनिधारित कार्यक्रम छाडेर काठमाडौं आएपछि आलोचना बढेको थियो । उनलाई मुख्यमन्त्री बनाउन खाणको भूमिका रहेको र अहिले उनी पक्राउ पर्ना साथ काठमाडौंमा दौडधूप गरेको भन्दै उनको आलोचना भइरहँदा मुख्यमन्त्रीको सचिवालयको यस्तो प्रष्टीकरण आएको हो ।

नक्कली शरणार्थी प्रकरणमा मुख्यमन्त्री चौधरीको कुनै पनि संलग्नता रहेको दाबी विज्ञप्तिमा गरीएको छ ।


क्लिकमान्डु