सेलो ब्रान्डको तेल बेच्ने कम्पनीले एकै वर्ष गर्‍यो ३ अर्बको व्यापार



काठमाडौं । सेलो ब्रान्डको खाने तेल बेच्ने बागमती आयल इन्डष्ट्रिजले एकै वर्ष ३ अर्ब बढीको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ३ अर्ब १० करोड १० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२१ मा २ अर्ब ५० करोड रुपैयाँ, सन् २०२० मा १ अर्ब ९५ करोड ८० लाख रुपैयाँ र सन् २०१९ मा १ अर्ब ७७ करोड रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले सन्फ्लावर र भटमासको तेलको ‘सेलो’ ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । बागमती ग्रुपद्वारा सञ्चालित कम्पनीमा सकेत राठीको ६० प्रतिशत, मनोजकुमार टपरियाको ६ प्रतिशत र अनिलकुमार अग्रवालको ३४ प्रतिशत हिस्सा छ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ८० करोड ५० लाख रुपैयाँको रेटिङ गरेको छ ।

कम्पनीले विभिन्न देशबाट कच्चा पदार्थ आयात गरी नेपालमै प्रशोधन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले अर्जेन्टिना, युक्रेन, ब्राजिल र रसियाबाट कच्चा तेल आयात गर्दै आएको जनाएको छ ।


क्लिकमान्डु