रजत जयन्ती मनाउँदै ललितपुर तयारी पोशाक ब्यापार संघ



काठमाडौं । ललितपुर तयारी पोशाक ब्यापार संघले आफ्नो स्थापनाको २५ बर्ष रजत जयन्ती विभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।

संघले पत्रकार सम्मेलनको आयोजना गरी आयकर सम्बन्धी अन्तरक्रिया, ब्यावसायिक लेखा प्रणाली तालिम, बैंक तथा इन्सुरेन्स सम्बन्धी सहजीकरण, सुस्वास्थ्यका लागि विविध कार्यक्रम, असाहाय, अपाङ्ता भएका तथा ज्येष्ठ नागरिकहरुलाई सहयोग गर्ने, अन्तर संघ खेलकूद, स्मारिका प्रकाशन, दशैं तिहार विशेष उपहार कार्यक्रम तथा सदस्यता अभिबृद्धि जस्ता कार्यक्रमहरुको आयोजना गर्ने जनाएको छ ।

२५ बर्ष अघि पुष्परत्न शाक्यको अध्यक्षतामा ललितपुर जिल्लाका तयारी पोशाक, ब्याग तथा कस्मेटिक्स ब्यवसायीहरुलाई संगठित गर्ने उद्देश्यले संघको स्थापना भएको हो ।


क्लिकमान्डु