सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घट्यो



काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेको छ ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ कायम भएको थियो । आइतबार प्रतितोला १२ सय रुपैयाँले घटेर १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५० रुपैयाँ कायम भएको छ ।

साथै, आइतबार चाँदीको मूल्य स्थिर रही प्रतितोला १४ सय ४५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु