प्रिमियर डिस्टिलरीको व्यापार ३२ प्रतिशतले बढ्यो



काठमाडौं । प्रिमियर डिस्टिलरी प्रालिको व्यापार ३२ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा ३२ प्रतिशतले बढेको हो ।

कम्पनीले सन् २०२१ मा ७१ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२२ मा ९३ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२० मा ४२ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले नेपाली बजारमा मदिरा बिक्री वितरण गर्दै आएको छ । जसमा कम्पनीले पलपल, द हिमालय रिजर्भ, ओल्ड मोन्क, ब्ल्याक स्टालिन र रोयल रिजर्भ ब्रान्डको मदिार बिक्री वितरण गर्दै आएको छ ।

शारडा ग्रुप र राठी ग्रुपको संयुक्त लगानीमा सञ्चालनमा रहेको कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ९० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले भोड्का, ह्वीस्की, जीन आदिजस्ता मदिना उत्पादन गर्दै आएको छ ।

त्यस्तै, कम्पनीले सन् २०२१ देखि लो इन्ड ७० अप पलपल ब्रान्डको मदिरा उत्पादन सुरु गरेको छ । कम्पनीले ५ एलसीपीए सेग्मेन्टको मदिरा स्क्वायर, १२ हजार कैएलपीए स्पिरिट स्क्वायर, जीनाको ६ हजार केएलपीए, ४५ सय मेट्रिक टन कार्बन डाइअक्सायड र ७ हजार २१८ मेट्रिक टन डीडीजीएस उत्पादन गर्दै आएको छ ।

कम्पनीअनुसार सन् २०२३ को ९ महिनाको अवधिमा ८४ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ । जुन वार्षिक आम्दानीको तुलनामा २० प्रतिशतले बढेको छ ।


क्लिकमान्डु