ईपीएसमार्फत दक्षिण कोरिया जानेको भाडा कायम, कति पर्छ ?



काठमाडौं । नेपालबाट दक्षिण कोरिया जाने कामदारको हवाई उडानको जिम्मा पाएको युनिभर्सल टुर्स एण्ड ट्राभल्सले हवाई भाडा तोकेको छ ।

बिहीबार एक सूचना प्रकाशित गर्दै कोरिया जाने कामदारहरुका लागि प्रतिटिकट मूल्य ८९५ अमेरिकी डलर (१ लाख १६ हजार ६ सय रुपैयाँ) भाडा निर्धारण भएको ट्राभल्सले जनाएको छ ।

वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखा र ट्राभल्सबीच भएको सम्झौताअनुरुप नेपालबाट दक्षिण कोरियासम्म जाने नेपाली कामदारहरुको प्रतिटिकट मूल्य ८९५ अमेरिकी डलर निर्धारण भएको सूचनामा जनाइएको छ ।

उक्त निर्धारित भाडा दरमा नेपाल राष्ट्र बैंकको प्रचलित विनिमय दरअनुसार हुन आउने रकम बैंकको खातामा जम्मा गरेर टिकट लिन सकिने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु