बिजनेस समिटको बैंकिङ साझेदारमा कामना सेवा विकास बैंक
काठमाडौं । नेपाल बिजनेस समिट २०२३ को डेभलपमेन्ट बैंकिङ साझेदारका रुपमा कामना विकास बैंक रहने भएको छ ।
संघीय सरकारको उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबीफीन) र नेपाल बिजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा यही वैशाख २४ गते आयोजना हुने बिजनेस समिटमा डेभलपमेन्ट बैंकिङ साझेदारका रुपमा कामना सेवा विकास बैंक रहने गरी आज मङ्गलबार सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।
काठमाडौँमा आज आयोजित विशेष समारोहका बिच बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत विनय दाहाल र नेपाल बिजनेस इन्स्टिच्युटकातर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
कामना सेवा विकास बैंक ग्राहकको चाहना अनुसार र समयसान्दर्भिक उत्कृष्ट बैंकिङ सेवा उपलब्ध गराउँदै आएको विकास बैंक हो ।
‘वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र’ भन्ने मूल नारासहित अन्तर्राष्ट्रिय ढाँचामा आयोजना हुने शिखर सम्मेलनमा आर्थिक एवं बैंकिङ क्षेत्रको पछिल्लो आर्थिक अवस्था, टेलिकम्युनिकेशन क्षेत्र र डिजिटल नेपाल फ्रेमवर्कलगायतका विषयमा राष्ट्रिय र अन्तर्राष्ट्रिय वक्क्ताहरुले आफनो प्रतिवेदन पेश गर्नेछन् ।
हस्ताक्षर कार्यक्रममा दाहालले आर्थिक विकास नै समृद्धिको मुल आधार भएकाले उद्ममशीलता र ब्यवसायिक प्रवद्र्धनका लागि आयोजना हुन लागेको बिजनेस समिटमा विकास बैंकको तर्फबाट साझेदारी गर्न पाएकामा खुसी व्यक्त गरे ।
सम्मेलनका संयोजकसमेत रहेका नेपाल बिजनेस इन्स्टिच्युटकातर्फका कार्यकारी अध्यक्ष विशाल गैरेले शिखर सम्मेलनले ठुला उद्योगको संरक्षण, साना, मझौला तथा स्टार्टअप उद्यमलाई प्रोत्साहन गर्ने, लगानीका नयाँ क्षेत्रको पहिचानसहित उत्पादनमूलक, रोजगारीमूलक, निर्यातमूलक क्षेत्रमा लगानी विस्तार गर्ने लक्ष्य लिएको जानकारी दिए ।
समझदारी समारोहमा कामना सेवा बिकास बैंकका ब्रान्ड, सिएसआर र सभिर्स बिभागका बिभागीय प्रमुख श्रीस्टीना मान्धरको समेत बिशेष उपस्थीति रहेको थियो ।
उनका अनुसार सम्मेलनले उद्यमी–व्यवसायीले गर्दै आएका नीतिगत र व्यवहारगत समस्या समाधान गर्दै थप लगानी भित्र्याउने, निर्यात प्रवद्र्धन गर्ने र त्यसका लागि साझेदारी तथा लगानी गरी आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा टेवा पु¥याउने विश्वास गरिएको छ ।
शिखर सम्मेलनबाट स्वदेशी उत्पादन वृद्धि, उपभोग तथा निर्यात प्रवद्र्धनमा सहयोग पुग्ने, रोजगारीका अवसरहरुको सृजना हुने, लगानीका सम्भावित क्षेत्रहरुको पहिचानसहित लगानी विस्तार हुने, युवा तथा महिलाहरु उद्यम र व्यवसायमा आकर्षित हुने, घरेलु, साना, मझौला उद्योगहरुको स्तरोन्नतिसहित नवप्रर्वतन क्षेत्रमा लगानी बढ्ने, बैंक तथा वित्तीय क्षेत्रको दिगो प्रवद्र्धन हुने तीन तहकै सरकार, निजी क्षेत्र र कुटनीतिक नियोगविच सम्बन्ध विस्तार भइ उच्चस्तरको नेटवर्किङ् हुने अपेक्षासमेत राखिएको छ ।
शिखर सम्मेलनमा नेपाल सरकार र मातहतका निकायका उच्च अधिकारी, वरिष्ठ राजनीतिज्ञ, विज्ञ, र कुटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय दातृ संस्थाका उच्च अधिकारीहरुको व्यापक सहभागितामा वृहत नीति संवाद आयोजना गरिनेछ ।
मुलुकका विभिन्न १३४ शाखार एक एक्सटेन्सन काउन्टरबाट सेवा दिँदै आएको कामना सेवा विकास बैंकका ७७ स्थानबाट एटिएम सेवा दिँदै आएको छ । कामना सेवा विकास बैंकले विशेषतः नियमित सेवाका साथै दृष्टिविहिन तथा खेलाडीहरुलाई समेत विशेष खाता सेवा दिँदै आएको छ ।
मोबाइल बैंकिङलगायतका सेवाहरु दृष्टिविहिनहरुले समेत सजिलै चलाउनसक्ने गरी फरक सुविधा उपलब्ध गराउँदै आएको छ । यस्तै खेलाडीहरुका लागि मेडिकल र दुर्घटना बीमासमेत उपलब्ध गराउँदै आएको छ ।