बालाजुस्थित कोतः धुक पेट्रोल पम्प काठमाडौं महानगरद्वारा सिल



काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुस्थित कोतः धुक पेट्रोल पम्प सिल गरेको छ ।

सोह्रखुट्टेबाट बालाजु चोकतर्फ जाँदा विष्णुमती खोलाको पुल नजिकै रहेको उक्त पेट्रोल पम्पलाई महानगरले बिहीबार सिल गगरेको हो ।

महानगर प्रहरी प्रमुख राजु पाण्डेले मापदण्ड विपरीत सञ्चालनमा आएकोले पम्प सिल गरिएको जानकारी दिए ।

उक्त पेट्रोलपम्प साढे ४ तले घरको भुइँतल्लामा सञ्चालनमा थियो ।

नेपाल आयल निगमको बिक्रेता विनियमावली २०६५ काअनुसार नगरपालिका भित्र पम्प सञ्चालनका लागि कम्तिमा एक रोपनी आठ आना वा दुई कठ्ठा जमिन आवश्यक हुन्छ ।

आगलागी हुन सक्ने जोखिमलाई ध्यान राख्दै एक हजार लिटरको पानी ट्यांकी, १० किलो क्षमताको फायर एक्टिंग्विसर, पक्की कम्पाउण्डले घेरिएको बिक्रीस्थल, पर्खालमा काँडेतारलगायतमा मापदण्ड पूरा गर्नुपर्ने आयल नियमको विनियमालीमा उल्लेख छ ।

तर, बालाजुस्थित कोतः धुक पेट्रोल पम्पले यी मापदण्डहरु पूरा गरेको छैन । पम्प रहेकै घरमा मानिसको बसोबास गर्नेदेखि मानविय वस्तीहरु भएकै ठाउँमा उक्त पेट्रोल पम्प सञ्चालनमा रहेको छ ।


क्लिकमान्डु