सुदूरपश्चिम प्रदेशमा २६९ जनालाई रोजगारीको अवसर



काठमाडौं । सुदूरपश्चिम प्रदेशमा २६९ जनालाई रोजगारीको अवसर खुलेको छ ।

सुदूरपश्चिम प्रदेशको प्रदेश लोकसेवा आयोगले एक सूचना प्रकाशित गर्दै प्रदेशस्थित स्थानीय तहहरुमा रिक्त रहेका पदहरुको पदपूर्तिका लागि २६९ जनालाई विभिन्न पदमा रोजगारीको अवसर खुलाएको हो ।

प्रदेशले असिस्टेन्ट सबइन्जिनियरमा खुल्लातर्फ ३१, महिलातर्फ ११, आदिवासी जनजातीतर्फ १२ र मधेशीतर्फ ५ गरि कुल ५७ जना असिस्टेन्ट सबइन्जिनियरको आवश्यकता भएको प्रदेशले सूचनामा उल्लेख गरेको छ ।

त्यस्तै, खानेपानी तथा सरसफाई टेक्निसियन इन्जिनियरका लागि खुल्लातर्फ ४ जनाको माग भएको छ । त्यस्तै, अमिन पदका लागि ८ जना खुल्लातर्फ, नायव प्राविधिक सहायक खुल्लातर्फ २४ र महिलातर्फ ७ जना, नायब पशु सेवा प्राविधिक खुल्लातर्फ ५१ जना, नायब पशु सेवा प्राविधिक महिलातर्फ १९ जनालगायतका लागि आवेदन माग गरिएको हो ।


क्लिकमान्डु