नौ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालो सूचीमा राख्ने तयारी, ७ दिनभित्र स्पष्टीकरण दिन निर्देशन



काठमाडौं । सरकारले नौ निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा किन नराख्ने भन्दै स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार तोकिएको समयमा काम नगरेको भन्दै ७ दिनभित्र स्पष्टीकरण पेश गर्न भनेको छ ।

यसअघि ३० दिन भित्र लिखित स्पष्टीकरण पेश गर्न भनेपनि अटेर गरेको भन्दै दोस्रो पटक ७ दिन भित्र स्पष्टीकरण पेश गर्न समय दिएको छ । ७ दिनमा पनि चित्त बुझ्दो स्पष्टीकरण पेश नगरेको खन्डमा सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राख्ने भएको छ ।


क्लिकमान्डु