सवारी लाइसेन्सको नवीकरण अवधि ५ वर्ष थप्ने तयारीमा छौंः मन्त्री



काठमाडौं । भौतिक पूर्वधार तथा यातायात मन्त्रालयले सवारी साधन लाइसेन्सको अवधि १० वर्ष बनाउने तयारी गरेको छ ।

यातायात मन्त्री प्रकाश ज्वालाले लाइसेन्सको अवधि १० वर्ष बनाउने तयारी भइरहेको बताएका छन् । मंगलबार पत्रकारहरूसँग भेटमा उनले उक्त कुरा बताएका हुन् ।

उनकाअनुसार अहिले व्यवस्था भएको नवीकरणाको अवधिले सर्वसाधारणहरूले धेरै समस्या भोगेको देखिन्छ । अबका दिनमा उक्त समस्या समाधानका लागि मन्त्रालयले ५ वर्षको अवधिलाई बढाएर १० वर्ष बनाउने तयारी गरेको हो ।

‘अहिले ५ वर्षको नवीकरण अवधि तोक्दा धेरैले थाहा नपाई नवीकरण गर्न नसकेको अवस्था छ’ मन्त्री ज्वालाले भने, ‘आगामी दिनमा मन्त्रालयले ऐन नै संशोधन गरेर अगाडि बढ्छौं ।’

उक्त व्यवस्था गरेसँगै सर्वसाधारणले सहज तरिकाले नवीकरण गर्न सक्ने उनको भनाइ छ । यो व्यवस्थालाई ऐनमा राख्नको लागि सबै निकायसँग छलफल गरेर प्रक्रिया अगाडि बढाइएको बताए ।

साथै, लाइसेन्सको कार्य छिटो र सजिलो तरिकाले पाउनका लागि सरकारले गृहकार्य गरेको उल्लेख गरे ।


क्लिकमान्डु