११ तस्बिरमा उप-निर्वाचन



काठमाडौं । आज बिहान ९ बजेदेखि प्रतिनिधि सभाको उप-निर्वाचन सुरु भएको छ ।

आज तनहुँ १, चितवन २ र बारा २ मा उप-निर्वाचन भइरहेको छ । अहिलेसम्म उप-निर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको छ ।
निर्वाचनमा वृद्धवृद्धा, बिरामी, अशक्त, किरियापुत्री, उम्मेदवारदेखि सर्वसाधारणले मतदान गरिरहेका छन् । मतदाताले बिहानैदेखि लाइनमा लागेर मतदान गरिरहेका छन् ।

गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएको, र बारा २ बाट निर्वाचित जसपाका रामसहायप्रसाद यादव उपराष्ट्रपति भएका छन् । उक्त क्षेत्रमा उप-निर्वाचन भएको हो ।

यस्तै चितवन-२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरेपछि पुनः मतदान भएको हो ।

जारी मतदानमा चितवन-२ बाट लामिछाने, तनहुँबाट स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले र नेकपा एमालेका सर्वेन्द्र खनालले मनदान गर्न पाउने छैनन् ।


क्लिकमान्डु