नेपाली सेनाले खोल्यो जागिर, ४५ सय जनालाई रोजगारीको अवसर



काठमाडौं । नेपाली सेनामा ४५ सय जनालाई रोजगारीको अवसर खुलेको छ ।

शुक्रबार नेपाली सेनाले सैन्य पदका लागि ४५ सय जनालाई रोजगारीको अवसर खुलाएको हो ।

४५ सयमध्ये २५५ जना सैनिकका सन्ततीहरुका लागि रोजगारी खुलाएको छ । सैनिक तालिम वा आफ्नो कर्तव्य गर्दा गर्दै कुनै शारीरिक चोटपटक लागि सोही कारणबाट असक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्तती २५५ जनाका लागि रोजगारी खुलेको छ ।

त्यस्तै, २३५१ खुलातर्फ, ३९० जना महिलातर्फ, ६१७ आदिवासी÷जनजाति, ५४० जना मधेशी, २८७ जना दलित, ९० जना पिछडिएको क्षेत्रका लागि रोजगारी खुलाईएको छ ।

देशभरका विभिन्न स्थानमा रहेका नेपाली सेनाको कार्यालयबाट रोजगारीका लागि आवेदन दिन सकिने नेपाली सेनाले जनाएको छ ।


क्लिकमान्डु