कपनमा चक्कु प्रहारबाट महिलाको मृत्यु



सांकेतिक तस्बिर

काठमाडौं । काठमाडौंको कपनमा चक्कु प्रहारबाट महिलाको मृत्यु भएको छ ।

बागलुङको बडिगाड गाउँपालिका घर भई कपन सरस्वती नगर बस्दै आएकी ३५ वर्षीया निरा आचार्यको चक्कु प्रहारबाट मृत्यु भएको हो ।

बिहीबार दिउँसो ३ बजेतिर आचार्यको घाँटी तथा शरीरका अन्य भागमा चक्कु प्रहार भएको प्रहरीले जनाएको छ ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएकी उनको महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक आचार्य सरस्वती नगरमा भाँडाकुडाको पसल चलाउँदै आएकी थिइन् ।


क्लिकमान्डु