सांसदले भनेको सरकारले नसुनेको भन्दै ढकालद्वारा शून्य समयमा मौनधारण



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले प्रतिनिधिसभाको शून्य समयमा मौनधारण गरेका छन् ।

सांसदहरुले संसदमा उठाएका विषय सरकारले नसुनेको भन्दै त्यसको बिरोधमा उनले सो समय मौनधारण गरेर व्यथित गरेका हुन् ।

‘सम्माननीय सभामुख महोदय,… यो सरकारले हामी माननीयले बोलेको केही पनि नसुनेको भएर मैले यो शून्य समयमा मौन धारण गरेँ । धन्यवाद’ मौनधारण पछिढकालले भने ।

प्रतिनिधिसभा नियमावली अनुसार शुन्य समयमा एक मिनेटको समय तोकिएको हुन्छ । सोही समयमा बोल्न उभिएका सांसद ढकाल भने ‘सम्माननीय सभामुख महोदय,…’भनेर मौन बसे । र, पछि ‘यो सरकारले हामी माननीयले बोलेको केही पनि नसुनेको भएर मैले यो शुन्य समयमा मौनधारण गरेँ’ भनेर आफ्नो भनाइ अन्त्य गरेका थिए ।


क्लिकमान्डु