राष्ट्रिय बीमा संस्थानमा रोजगारीको अवसर



काठमाडौं । राष्ट्रिय बीमा संस्थानमा रोजगारीको अवसर खुलेको छ । संस्थानले संस्थानमा रिक्त रहेका पदहरुमा खुला प्रतियोगितात्मक परीक्षाद्धारा स्थायी पदपूर्ति गर्ने भएको हो ।

संस्थानले सहायक व्यवस्थापक पदका लागि २ जना कर्मचारी माग गरेको छ । मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, अर्थशास्त्र, बीमा र कानून मध्ये कुनै एक विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने संस्थानले जनाएको छ ।

यस्तै, संस्थानले सहायक ‘ख’ तहका लागि २ जना कर्मचारी माग गरेको छ । मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, अर्थशास्त्र, बीमा र कानून मध्ये कुनै एक विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने छ ।

योग्यता पुगेका इच्छुक आवेदकले वैशाख २३ गतेसम्म आवेदन दिन सक्ने संस्थानले जनाएको छ । यस्तै, दोब्बर दस्तुर तिरी पहिलो म्याद समाप्त भएको मितिले ७ दिन अर्थात वैशाख ३० गतेसम्म आवेदन दिन सकिनेछ ।

दरखास्ता फाराम संस्थानको प्रधान कार्यालय, जनशक्ति व्यवस्थापन विभाग, रामशाहपथ, काठमाडौंमा बुझाउनुपर्ने छ । दरखास्त फाराम भने संस्थानको वेवसाइटबाट डाउनलोड गर्न सकिने छ ।


क्लिकमान्डु