नेपाली सेनामा ६२१ जनालाई रोजगारीको अवसर, नर्सदेखि पण्डितसम्म माग



काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा ६२१ जनालाई रोजगारी खुलाएको छ ।

शुक्रबार सेनाले सूचना प्रकाशित गर्दै विभिन्न पदमा ६२१ जनालाई रोजगारी खुलाएको हो ।

सेनाले डाक्टरदेखि, सैनिक इञ्जिनियर, प्राविधिक, पाइलटलगायतका विभिन्न पदमा रोजगारी खुलाएको हो । नर्स, कम्प्युटर, लेखा, पण्डित, प्लम्बर, भेटेनरी, भिडियो सम्पादन, निर्देशनलगायतका विभिन्न पदमा सेनाले जागिर खुलाएको हो ।

प्रकाशित सूचनाकाअनुसार चैत २४ गतेबाट वैशाख २३ गतेसम्म इच्छुक व्यक्तिहरुले यसमा आवेदन दिन सक्नेछन् । दोब्बर दस्तु बुझाएर वैशाख २३ गतेपछि थप एक हप्तासम्म आवेदन दिन सकिने सेनाले जनाएको छ ।


क्लिकमान्डु