नेपाल नागरिक उड्डयन प्राधिकरणको उपमहानिर्देशकमा निरौला र कर्माचार्य बढुवा



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको उपमहानिर्देशकमा जगन्नाथ निरौला र नविना कर्माचार्य बढुवा भएका छन् ।

शनिबार बसेको प्राधिकरणको सञ्चालक समिति बैठकले कर्माचार्य र निरौलालाई उपमहानिर्देशकमा बढुवा गर्ने निर्णय गरेको हो ।

प्राधिकरणको ११औं तहका निरौला कर्पोरेट निर्देशनालय प्रमुख थिए । यस्तै, हाल ११औं तहकी कर्माचार्य एभिएसन सेफ्टी तथा सेक्युरिटी रेगुलेसन निर्देशनालय प्रमुख थिइन् । दुबैलाई सोही जिम्मेवारी दिइएको स्रोतले जनाएको छ ।

प्राधिकरणको उपमहानिर्देशकमा बढुवाका लागि ११औं तहका टेकनाथ सिटौला र हरि अधिकारी पनि सिफारिस भएका थिए ।


क्लिकमान्डु