कलाकार दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी



काठमाडौं । गायक एवं कलाकार दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

शनिबार टोखामा आफूमाथि थापासहित तीन जनाले कुटपिट गरेको भन्दै रिदम क्षेत्रीले प्रहरीको महाराजगञ्ज वृत्तमा उजुरी दिएका हुन् ।

आफूमाथि हातपात हुँदा सिक्री पनि हराएको भन्दै उनले त्यसको भरपाइसमेत माग गरेका छन् ।

आफूसहित ३ जनामाथि दुर्गेश लगायतले एक्कासि हातपात गरेको क्षेत्रीको दाबी छ । प्रहरीले दुवै पक्षलाई बोलाएर छलफलको तयारी गरेको जनाएको छ ।


क्लिकमान्डु