११.८ प्रतिशत परिवारमा महिलाको नाममा घरजग्गा, सबैभन्दा धेरै कोशी प्रदेशमा



काठमाडौं । देशभरका ११.८ प्रतिशत परिवारमा महिलाको नाममा घर र जग्गा रहेको छ ।

शुक्रबार सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ अनुसार देशभरमा ११.८ प्रतिशत परिवारमा महिलाको नाममा घर जग्गा दुवै रहेको छ । त्यस्तै, २.३ प्रतिशत महिलाको नाममा घर मात्र रहेको छ भने ९.७ प्रतिशत महिलाको नाममा जग्गा मात्र रहेको छ ।

त्यस्तै, ७४.६ प्रतिशत परिवारमा भने घर जग्गा दुवै महिलाको नाममा नभएको तथ्यांकमा उल्लेख छ ।

प्रदेशगत रुपमा हेर्दा सबैभन्दा धेरै कोशी प्रदेशमा १४.३ प्रतिशत परिवारमा महिलाको नाममा घर जग्गा दुवै रहेको छ । त्यस्तै, मधेश प्रदेशमा १२ प्रतिशत, बागमती प्रदेशमा १२.५ प्रतिशत, गण्डकी प्रदेशमा १४.१ प्रतिशत, लुम्बिनी प्रदेशमा ११.५ प्रतिशत, कर्णाली प्रदेशमा ६.२ प्रतिशत र सुदुरपश्चिम प्रदेशमा ६.४ प्रतिशत परिवारमा महिलाको नाममा घर जग्गा दुवै रहेको छ ।

त्यस्तै, कोशी प्रदेशमा १२.६, मधेशमा १०.६, बागमी प्रदेशमा ९.४, गण्डकी प्रदेशमा १०.८, लुम्बिनी प्रदेशमा ९.३, कर्णाली प्रदेशमा ५.५ र सुदुरपश्चिम प्रदेशमा ४.७ प्रतिशत परिवारमा महिलाको नाममा जग्गा रहेको छ ।

घर मात्र महिलाको नाममा रहेको परिवारहरुको प्रदेशत स्थिति हेर्दा कोशी प्रदेशमा १.६, मधेश प्रदेशमा २.७, बागमती प्रदेशमा ३.०, गण्डकी प्रदेशमा ३.४, लुम्बिनी प्रदेशमा २.६, कर्णाली प्रदेशमा ०.९ र सुदुरपश्चिम प्रदेशमा ०.९ प्रतिशत रहेको छ ।


क्लिकमान्डु