प्रिमियर वायर कम्पनीले ९ महिनामा गर्‍यो पौने ३ अर्बको व्यापार



काठमाडौं । प्रमियर वायर प्रालिले ९ महिनामा पौने ३ अर्बको व्यापार गरेको छ ।

सन् २००० देखि वायर र केबल उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको कम्पनीले सन् २०२२ को ९ महिनाको अवधिमा २ अर्ब ७९ करोड ९० लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको हो ।

कम्पनीले सन् २०२१ मा ३ अर्ब ५४ करोड ६० लाख रुपैयाँ, सन् २०२० मा ३ अर्ब ३९ करोड ४० लाख रुपैयाँ, सन् २०१९ मा ३ अर्ब ३ करोड ४० लाख रुपैयाँ र सन् २०१ मा ३ अर्ब ३९ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।

शारदा परिवारद्वारा सञ्चालित कम्पनीले जीआई तार, ग्याबियन बक्स, एसीएसआर कन्डक्टर, पीभीसी केबल र अन्य स्टिलका तार, कप्पर तार, कन्डक्टर र केबल उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले सन् २०२२ को ९ महिनामा व्यापार गरेकोमा सबैभन्दा बढी वायर (तार)बाट भएको छ । व्यापार गरेकोमध्ये ६४ प्रतिशत हिस्सा तारले मात्रै आगटेको छ । त्यसपछि केबल र कन्डक्टरको हिस्सा ३१ प्रतिशत रहेको कम्पनीको भनाइ छ ।

त्यस्तै, कम्पनीले सन् २०२२ को ९ महिनाको अवधिमा ६ प्रतिशतले नाफा कमाएको छ । कम्पनीले विभिन्न प्रकारका तार उत्पादनका लागि आवश्यक कच्चा पदार्थ भने भारतबाट आयात गर्दै आएको छ ।

त्यसैगरी, कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब ७७ करोड ३३ लाख रुपैयाँको रेटिङ गराएको छ । जमसा कम्पनीले दीर्घकालीन कर्जाका लागि ७ करोड ३३ लाख रुपैयाँ अर्थात् एबीबी र अल्पकालीन कर्जाका लागि ३ अर्ब ७० करोड रुपैयाँ अर्थात् एफोरको रेटिङ गराएको छ ।


क्लिकमान्डु