प्रधानमन्त्री प्रचण्डलाई १७२ सांसदले दिए विश्वासको मत



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो पटक प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन् ।

सोमबार प्रतिनिधि सभामा प्रचण्डको पक्षमा १७२ जना सांसदको मत दिएका छन् । यस्तै उनको विपक्षमा ८९ जना सांसदले मत हालेका छन् भने एक जना सांसदले दुवै पक्षमा मतदान नगरेको सभामुख देवराज घिमिरेले बताए । बैठकमा २६२ जना सांसद उपस्थित रहेका थिए ।

यसअघि प्रधानमन्त्री प्रचण्डले पुस २६ गते पहिलो पटक विश्वासको मत लिएका थिए ।


क्लिकमान्डु