सिक्लेस हाइड्रोपावरको लाभांश घोषणा, बुक क्लोज कहिले ?
काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट १०.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सोमबार बसेको सञ्चालक समितिले गरेको यो प्रस्ताव कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
कम्पनीले चैत २० गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ । सभाका लागि भन्दै चैत १३ गते बुक क्लोज हुने भएको छ । चैत १२ गतेसम्म कायम रहेका सेयरधनीले मात्रै कम्पनीले तोकेको लाभांश पाउनेछन् ।